site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘मुकेश चौरसियाको हत्यारालाई माथिबाटै संरक्षण भयो, प्रहरीले जाहेरी लिनै मानेन’
SkywellSkywell

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मातृका यादवले विन्दवासिनी गाउँपालिकाका पार्टी कमिटी सचिव मुकेश चौरसियाका हत्याराविरुद्ध किटानी जाहेरी लिन प्रहरीले उदासीनता देखाएको आरोप लगाएका छन् ।

गत बिहीबार (६ असोज) गाउँपालिकाको शपथ ग्रहणमा दोहोरो झडप हुँदा उपचारका क्रममा चौरसियाको निधन भएको थियो । चार दिन बित्दा पनि प्रहरीले अनुसन्धानमा गम्भीरता देखाउन नसकेको र किटानी जाहेरीसमेत अस्वीकार गरेको यादवको ठहर छ ।

आफ्नै पार्टीको सरकार हुँदा पनि हत्यारालाई समाइदेऊ भनेर चाडपर्व छाडेर सडक-सङ्‍घर्ष गर्नुपर्ने, नारा-जुलुस गर्नुपर्ने दुःखद् परिस्थिति सिर्जना भएको उनी बताउँछन् । प्रहरीको उदासीनतालाई मसिनोसँग केलाउँदा घटना मिलेमतोमै भएको उनको ठहर छ ।

Dabur Nepal
NIC Asia

“मध्य दसैं छ । सबैको घरमा चाडबाड लागेको छ,” उनी भन्छन्, “जिल्ला कमिटी सदस्यसमेत रहेका सहकर्मीका हत्याराविरूद्धको किटानी जाहेरी लिन र पक्राउ गरिदिन आन्दोलिन हुनुपरेको छ । एकातिर मानिसको हत्या भएको छ । अर्कोतिर घटनाको ४८ घण्टा बितिसक्दा पनि अपराधी पक्राउ पर्दैनन् ।”

पूर्वमन्त्रीसमेत रहेका यादवका अनुसार विन्दवासिनी गाउँ कमिटी गठनमा कुनै विवाद थिएन । सर्वसम्मतिमै कमिटी निर्माण भएको थियो । र, बिहीबारका लागि शपथ ग्रहण कार्यक्रम तय भएको थियो ।

“कतिपय ठाउँमा अत्यन्तै विवाद भएर, मानिसले आक्रोश थाम्न नसकेर हुने घटना हुन्छन् नि, त्यहाँ त त्यो नि होइन, एकदमै नियोजित देखिन्छ,” उनी ठोकुवा गर्छन् ।

शपथको कार्यक्रमअघि ओलीनिकट पूर्वसांसद राजकुमार गुप्तासहितको समूहले आक्रमणको तानाबाना बुनिरहेको सुइँको पाएको यादवको जिकिर छ । त्यसपछि जिल्ला प्रहरी कार्यालय एसपी गङ्गा पन्तसहित प्रहरी अधिकारी र प्रमुख जिल्ला अधिकारीलाई पनि खबर गरिएको यादव बताउँछन् ।

“तर जवाफमा सीमा सुरक्षा गर्नु कि, राजनीतिक दलको कार्यक्रम हेर्दै हिँड्नु भनेर प्रहरी अधिकारीहरूले जवाफ फर्काएछन्,” यादव त्यो दिनको घटना सुनाउँछन्, “शपथ चलिरहँदा ट्रयाक्टरमा आएका जत्थाले चौरसियालगायत केहीलाई लट्ठी, भालासहित आक्रमण गर्न थालेपछि गाउँलेहरूले पनि प्रतिकार गरे पनि उनीहरू भागे ।”

रक्ताम्य बनेका मुकेश सामान्य घाइते मात्रै भएका होलान् भनेर उनलाई अस्पताल पठाएपछि शपथ सुरु गरिएको यादवको भनाइ छ । तर, टाउको गहिरो चोट लागेका मुकेशलाई बचाउन नसकिएको उनी बताउँछन् । आक्रमणपछि प्रहरीलाई खबर गरेर पक्रन भन्दा त्यतिबेला पनि आलटाल गरेको यादवको आरोप छ । पार्टीको माथिल्लो नेतृत्वले आग्रह गरेपछि गुप्तासहित अरू आक्रमणकारीलाई उनकै घरबाट पक्राउ गरिएको यादव बताउँछन् ।

 

तस्बिर सौजन्य : मातृका यादव

 


“तर, खै कताबाट आदेश आयो, चार घण्टा राखेर अभियुक्तहरूलाई उनीहरूलाई त्यत्तिकै छाडिदिएछन्,” यादव भन्छन्, “दुईजना घाइते आक्रमणकारीहरूलाई वीरगन्जको मेडिकल कलेज भर्ना गरिएको थियो । उनीहरु सख्त घाइते छन् । आईसीयूमा राखेर उपचार गर्नुपर्छ भन्दै उनीहरूलाई पनि प्रहरीकै सामुन्नेबाट अस्पतालबाट भगाउने काम भएपछि हामी निश्चित भएका छौं, हत्यारालाई माथिबाटै संरक्षण छ ।”

प्रहरीले गुप्ताको नाम हटाए मात्रै जाहेरी लिने भनेर इन्कार गरेपछि पीडित र पार्टीका नेता-कार्यकर्ताहरू आन्दोलित भएको यादव बताउँछन् । शुक्रबार, शनिबार र आइतबार तीन दिन लगातार विरोध प्रदर्शन भएको उनको भनाइ छ । “आक्रमणको योजना बनाउने, अपराध घटाउनेकै नाम हटाएर कसको नाममा जाहेरी दिनू,” यादव भन्छन्, “अनुसन्धानमा प्रहरी गम्भीर नबनेपछि हामीले प्रमुख जिल्ला अधिकारीसँग पनि बैठक, छलफल गर्‍यौं । प्रमुख जिल्ला अधिकारीले पनि मानिराख्नुभएको छैन ।”

कार्यकर्ता-कार्यकर्ताबीच नै झडप भएर एकजनाको ज्यान गएपछि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पर्सा पठाएका थिए । शुक्रबार पर्सा पुगेर घटनाको वस्तुस्थिति बुझेर पाण्डे शनिबार बिहानै काठमाडौं आइसकेका छन् ।

मारिएका मुकेश पूर्वमाओवादी केन्द्रका जनयुद्धकालदेखिकै कार्यकर्ता हुन् । उनलाई प्रतिस्पर्धी ठानेर गुप्ताले घटना घटाउने योजना बनाएको पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहले निष्कर्ष निकालेका छन् । शपथ खाने निश्चित भइसकेपछि गुप्ताले जनता समाजवादी पार्टीका स्थानीयतहका कार्यकर्ता प्रयोग गरेर आक्रमण गराइएको सूचना उनीहरूले केन्द्रमा बुझाएका छन् ।

अहिले नेकपाका दुई नम्बर प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरीसहितका नेता वीरगन्ज बसेर आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu