site stats
बाह्रखरी :: Baahrakhari
देश
सीमा क्षेत्र कोइलाबासमा लोड गरिएको बन्दुक फेला 

दाङ । नेपाल–भारत सीमा नाका कोईलाबास क्षेत्रको जंगलमा लोड गरिएको अवस्थामा एउटा भरुवा बन्दुक फेला परेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबास नाका प्रमुख माधवप्रसाद ढुंगेलको नेतृत्वको गस्ती टोलीले गए राति १० बजेतिर जंगलमा लोड गरेर तयारी अवस्थाको भरुवा बन्दुक फेला पारेको हो ।

गढवा गाउँपालिका वडा नम्बर ८ स्थित भालुखोला जंगलबाट उक्त भरुवा बन्दुक सशस्त्र प्रहरीले फेला पारेको सीमा प्रहरी चौकी कोईलाबासका प्रमुख प्रनानी नन्दराम केसीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

चोरी सिकारी गर्ने समुहले सुरक्षाकर्मीलाई देखेपछि लोड गरिएको उक्त भरुवा बन्दुक फालेर भागेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । भरुवा बन्दुक फेला परेको स्थानबाट २१ थान भरुवा बन्दुकमा लाग्‍ने छर्रा, ३ थान केप पनि बरामद भएको सशस्त्र प्रहरीले बताएको छ ।

बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेपछि अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकात्मक तस्बिर ।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  १७:०५
प्रतिक्रिया दिनुहोस्