site stats
बाह्रखरी :: Baahrakhari
देश
मालपोत कार्यालय घोराहीका एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु 

दाङ । दाङ थप एक जना सरकारी कर्मचारीको कोरोना संक्रमितको मृत्यु भएको छ । मालपोत कार्यालय घोराही, दाङमा कार्यरत नायब सुब्बा हिराबहादुर डाँगीको शुक्रबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरास निवासी ती कर्मचारीलाई कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

Argakhachi Cement Island Ad

संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका थिए । बिहीबार राति एक्कासी श्वासप्रश्‍वासमा समस्या भएपछि कोरोना विशेष अस्पताल बेलझुण्डी ल्याइएको थियो । 

बेलझुण्डी अस्पतलमा उपचारको क्रममा उनको मृत्यु भएको हो । योसँगै दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १८:२०
प्रतिक्रिया दिनुहोस्