site stats
बाह्रखरी :: Baahrakhari
देश
कोरोनाका कारण रुकुम पश्चिममा एक जनाको मृत्यु

दाङ । रुकुम पश्चिममा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको  छ । जिल्लाभर कोरोनाकै कारण ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् ।

उपचारका लागि नेपालगञ्‍ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत रुकुम पश्चिम चौरजहारी नगरपालिका १४ निवासी ३३ वर्षीय एक पुरुषको मृत्यु भएको  हो । 

Argakhachi Cement Island Ad

१० दिनदेखि उपचाररत ३३ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको अस्पतालले जानकारी गराएको छ । 

उपचारका लागि गत असोज २१ गते भर्ना भएका बिरामीको शुक्रबार मृत्यु भएको हो । उपचारका लागि हरप्रयास गर्दा पनि स्वास्थ्यमा कुनै सुधार नआएको हुँदा शुक्रबार निधन भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गरएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १८:४३
प्रतिक्रिया दिनुहोस्