site stats
बाह्रखरी :: Baahrakhari
देश
कर्मचारीलाई कोरोना देखिएपछि दाङ प्रशासन बन्द

दाङ । जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ ।

कर्मचारीलाई शान्ति सुरक्षा र मुद्दाबाहेक अन्य सबै सेवा असोज २५ गतेदेखि ३० गतेसम्मको लागि बन्द गरिएको हो ।

Argakhachi Cement Island Ad

प्रशासकीय अधिकृत अम्मरराज शर्माले आइतबार एक विज्ञप्तीमार्फत यस्तो जानकारी दिएका छन् ।

कार्यालयका एकजना कर्मचारीलाई कोरोना संक्रमन पुष्टि भएपछि अन्य केही कर्मचारीको पनि स्वाब परीक्षणका लागि पठाइएको हुँदा सेवा बन्द गर्नु परेको जानकारी दिइएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १७:४०
प्रतिक्रिया दिनुहोस्