देश
दाङ । शनिबार दाङमा २६ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै घोराहीमा १५ जना, तुलसीपुरमा ७ जना, बबई, बंगलाचुली, गढवा गाउँपालिका र लमही नगरपालिकामा १-१ जनामा संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणका क्रममा २६ जनालाई संक्रमन पुष्टि भएको हो ।
जिल्ला फोकल पर्सन कमल चन्दका अनुसार योसहित जिल्लामा कुल संक्रमितको संख्या १ हजार ४४७ पुगेको छ ।
जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३१३ पुगेको चन्दले जानकारी दिए । शनिबारसम्म दाङका ६ जनाको कोरोनाका कारण मृत्यु भएको उनले बताए ।
प्रकाशित मिति: शनिबार, असोज २४, २०७७ २१:२९
प्रतिक्रिया दिनुहोस्