site stats
बाह्रखरी :: Baahrakhari
देश
एक किलो सुनसहित दाङमा तीनजना पक्राउ

दाङ । दाङमा प्रहरीले एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार देउखुरीको लमही नगरपालिका–९ अमिलियाबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई जना घोराहीका र एक जना बुटवलका पुरुष रहेका छन् ।

Argakhachi Cement Island Ad

विशेष सूचनाका आधारमा जुत्तामा लुकाएर ल्याउँदै गरेको सुन जस्तो पहेंलो धातुसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यायल दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

प्रहरीले दाङमा अवैध सुन बरामद गरेको यो पहिलो घट्ना हो । अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले अन्य विवरण खुलाएको छैन ।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  २२:१०
प्रतिक्रिया दिनुहोस्