देश
दाङ । तुलसीपुर उपमहानगरपालिका दाङका मेयर घनश्याम पाण्डेलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
असोज २० गते मंगलबार नगरप्रमुख पाण्डेको स्वाब लिइएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेक गर्दा उनको कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटिभ आएपछि नगरप्रमुख पाण्डेले सबैलाई सजग रहन अनुरोध समेत गरेका छन् ।
"जनताको काममा खटिएका बेलामा संक्रमण भए पनि जनताकै मायाले छिटै निको हुने विश्वास छ," उनले भनेका छन् । अहिले उनी होम आइसोलेसनमा बसेको नगर प्रमुखका प्रेस संयोजक वसन्त आचार्यले जानकारी दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७ १६:५५
प्रतिक्रिया दिनुहोस्