site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देउखुरी राजधानी भएको खुसीयालीमा दीप प्रज्‍वलन
Sarbottam CementSarbottam Cement

दाङ । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी पारित भएको खुसीयालीमा दाङका विभिन्‍न ठाउँमा दीप प्रज्वलन गरिएको छ । प्रदेश नम्बर ५ को नाम लुम्बिनी र प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको भालुवाङ बनाउने प्रस्ताव पारित भएपछि जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङलगायतका बजारमा दीप प्रज्वलन गरिएको हो ।

प्रादेशिक राजधानीको स्वागतका लागि नेकपा दाङ र प्रादेशिक राजधानी सरोकार समितिले घोराहीको सहिदगेटमा दीप प्रज्वलन गरेका छन् । दीप प्रज्जवलन कार्यक्रमलाई स्वागत गर्दै नेकपाकी प्रदेश नम्बर ५ की अध्यक्ष ओनसरी घर्तीले संघीयताको मर्म र भावना अनुसार प्रदेश नम्बर ५ ले न्याय पाएको बताएकी छन् । 

प्रदेश स्थापना भएको लामो समयपछि प्रदेशले उपयुक्त ठाउँमा राजधानी र नाम पाएको उनले बताइन् । "संघीयताको मर्म र भावना अनुसार प्रदेशले न्याय पाएको छ," पूर्व सभामुखसमेत रहेकी घर्तिले भनिन्, "यसमा कसैले दुःख मान्‍ने र दाङ मात्र खुसी मनाउने कुरा छैन ।" उनले प्रदेशको केन्द्र दाङको भालुवाङ भए पनि प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लालाई समेटेर अघि बढ्ने बताएकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले प्रदेशको राजधानी र शान्तिका दूत भगवान गौतम बुद्धको सम्मान स्वरुप लुम्बिनी प्रदेश राख्‍ने निर्णय स्वागतयोग्य भएको बताएका थिए । कार्यक्रमलाई नेकपा, नेपाली कांग्रेललगायतका पार्टीका नेताहरूले सम्बोधन गरेका थिए ।

Global Ime bank

जिससद्वारा प्रादेशिक राजधानीको स्वागत

यसैबीच जिल्ला समन्वय समिति दाङले प्रदेश नम्बर ५ को नाम लुम्बिनी र राजधानी दाङ देउखुरीको राप्ती उपत्यकामा राख्ने निर्णयको स्वागत गरेको छ ।

मंगलबार बसेको प्रदेशसभाको बैठकले दुई तिहाइले प्रदेशसभाको नाम लुम्बिनी र प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा बनाउने निर्णय पारित गरेको हो ।

समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली र उपप्रमुख श्रीधर शर्मा पौडेलले विज्ञप्ति निकालेर सवैलाई पायक पर्ने ठाउँमा राजधानी छनोट गरेको हुँदा सो राजधानी छनोट र उक्त प्रक्रियामा भूमिका खेल्ने प्रदेशसभा, मुख्यमन्त्री, सभामुख र प्रदेशसभा सदस्यहरूप्रति धन्यावाद ज्ञापन गरेको उल्लेख गरेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  २०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement