site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश पाँचको राजधानी दाङ तोक्ने तयारी, नाम पनि टुङ्गो लगाइँदै

काठमाडौं । पाँच नम्बर प्रदेशको राजधानी दाङ तोक्ने तयारी गरिएको छ । प्रदेशको नाम भने लुम्बिनी बनाउने तयारी रहेको नेकपाका नेताहरुले बताएका छन् । प्रदेश नम्बर पाँचको राजधानी दाङ तोक्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमति गरी तल परिपत्र गरिएको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

नेकपा प्रदेश पाँच संसदीय दलले शनिबार बैठक बोलाएको छ । बैठकमा प्रदेशको राजधानी र नामाकरणको प्रस्ताव ल्याउने तयारी रहेको ती सदस्यले जानकारी दिए ।

“प्रदेश नम्बर पाँचको मुकाम दाङको भालुवाङ तोक्ने गरी अध्यक्षद्वयले निर्देशन पठाउनुभएको छ भन्ने बुझेका छौं,” सत्तारूढ दलका एक प्रदेशसभा सदस्यले बाह्रखरीसँग भने, “भोलि बस्ने संसदीय दलमा प्रस्ताव आएपछि भन्न सकिएला ।”

पाँच नम्बर प्रदेशसभाका सदस्य तेजकुमार वलीले शनिबार संसदीय दलको बैठक बोलाइएको बताए । “प्रदेशको राजधानी टुङ्गो लगाइयो भन्ने बुझेका छौं । प्रस्ताव आएपछि मात्रै भन्न सकिन्छ,” उनले भने । उनले राजधानी टुङ्गो लागे प्रदेशको नामका विषयमा विमति नरहेको बताए । उनका अनुसार नाम लुम्बिनी प्रदेश राख्न सबै सहमत छन् ।

दाङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक सांसदले भालुवाङलाई राजधानी तोक्न लागिएको बताए । “यस विषयमा अध्यक्षद्वय सहमत भइसक्नुभएको छ,” ती सदस्यले भने, “अध्यक्षद्वयले प्रदेश कमिटीलाई निर्देशन नै दिएको हामीले बुझेका छौं ।” नेकपा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पाँच नम्बर प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने तयारी आफूले पनि बुझेको बताए ।

“मैले पनि भोलि बैठक राखेर टुङ्ग्याउने तयारी भइरहेको छ भन्ने सुनेको छु । तर, नेताहरूसँग बुझ्न पाएको छैन,” उनले भने ।

प्रदेशको राजधानी दाङ लैजाने कि, अहिले रहेको बुटवललाई कायम राख्ने भन्ने विषयमा नेकपाभित्रै विवाद थियो । महासचिव विष्णु पौडेलको जोडबल बुटवललाई नै कायम गर्नुपर्छ भन्ने थियो । मुख्यमन्त्री तथा पार्टी इन्चार्जसमेत रहेका शङ्कर पोखरेल दाङकै लागि सङ्घर्ष गर्दै आएका थिए ।

अन्ततः अध्यक्ष दुवैलाई पोखरेलले राजी गराएको नेकपाका नेताहरू बताउँछन् । ८७  सदस्यीय प्रदेशसभामा नेकपाका ६१ सांसद छन् । काँग्रेसका १९, सङ्घीय समाजवादी फोरमका ५, राष्ट्रिय जनमोर्चा र जसपाका १–१ सांसद छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro