site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा एक दम्पत्तिद्वारा विष सेवन : श्रीमान्‌को मृत्यु, श्रीमतीको अवस्था गम्भीर
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा एक दम्मपत्तिले विषादी सेवन गरेका छन् । विष सेवनबाट श्रीमान्‌को मृत्यु भएको छ भने श्रीमतीको अवस्था  गम्भीर भएको प्रहरीले जानकारी दिएको छ । 

पश्चिम दाङको बबई गाउँपालिका- ५ बबरपुर निवासी २५ वर्षीय भरत केसीको मृत्यु भएको छ भने उनकी २१ वर्षीया श्रीमती रीता केसीको अवस्था गम्भीर रहेकोले कोहलपुरमा उपचार भइरहेको छ ।

श्रीमान-श्रीमतीको बीचमा भएको झगडापछि बुधबार बिहान श्रीमान्‌ले विषादी सेवन गरेका थिए ।  उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि बाँके लैजाँदै गर्दा अमेलिया नजिकै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

श्रीमान्‌को मृत्युको खबर सुनेपछि घरमा रहेकी श्रीमती रीताले पनि विषादी सेवन गरेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय खितलपुरका प्रमुख प्रहरी निरिक्षक मोहनविक्रम केसीले श्रीमती रीताको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए । 

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार सम्भव नभएपछि उनलाई कोहलपुर रेफर गरिएको थियो ।

Global Ime bank

८ वर्षीय बालकले पनि विषादी सेवन गरेको आशंका

केसीका छिमेकी एक ८ वर्षीय बालकले पनि विषादी सेवन गरेको आशंका गरिएको छ । ८ वर्षीय विशाल परियारले बिहान खेल्ने क्रममा त्यसै फालिएको विषादीको एउटा टिकिया खाएको हुनसक्ने आशंका गरिएको प्रहरीले बताएको छ । 

बुधबार बिहान १० बजेतिर बालकले वान्ता गर्न थालेपछि त्यस्तो आशंका गरिएको प्रहरी निरिक्षक केसीले बताए । बिरामी बालकको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement