site stats
बाह्रखरी :: Baahrakhari
देश
आँखाको समस्या महिलाहरुमा धेरै

दाङ । दाङमा आँखाका बिरामीमध्ये महिलाहरुको संख्या धेरै भएको पाइएको छ । राप्ती आँखा अस्पताल रक्षाचौरले आइतबार गरेको पत्रकार सम्मेलनमा आँखा बिरामीमध्ये महिला बढी भएको जानकारी दिएको हो । 

अस्पताल स्थापनादेखि हालसम्मको तथ्यांक हेर्दा आँखाको समस्या पुरुषमाभन्दा महिलाहरुमा बढी देखिएको छ । अस्पतालले सार्वजनिक गरेको तथ्यांक अनुसार आँखाको समस्या भएका ५७ प्रतिशत महिला छन् भने ४३ प्रतिशत पुरुष रहेका छन् ।

Argakhachi Cement Island Ad

४१ औँ सामाजिक सेवा दिवसका अवसरमा आइतबार अस्पतालले आयोजना गरेको आँखा स्वास्थ्य सेवा र कोभिड–१९ विषयक कार्यक्रममा त्यस्तो जानकारी दिइएको हो ।

अस्पतालका वरिष्ठ प्रसाशकीय अधिकृत शमशेर थापाले महिलामा आँखाको समस्या बढी देखिनुमा चुलोचौकाको काम नै मुख्य कारण रहेको तर्क गरेका छन् । डाक्टर कटवलाले पनि महिलामा बढी आँखाको समस्या देखिनुका पछाडि त्यस्तै तर्कहरु प्रस्तुत गरिन् ।

"घरदेखि बनजंगलसम्मको कामको जिम्मेवारी महिलाहरुमा बढी हुन्छ," उनले भनिन्, "खाना पकाउँदा धुलो धुँवाले बढी असर गर्छ र महिलाहरुले बढी केमिकल मिसिएको सामानहरु आँखामा प्रयोग गर्नुलेपनि समस्या भइरहेको छ ।"

वरिष्ठ अधिकृत थापाले अस्पतालले स्थापनादेखि हालसम्म २८ लाखभन्दा बढीलाई सेवा दिएको र त्यसमध्ये दुई लाखभन्दा बढीको निशुल्क आँखाको अप्रेशन गरेको बताए ।
 

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १६:५५
प्रतिक्रिया दिनुहोस्