site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवा-पौडेल मिलाउने प्रयासमा सिटौला

काठमाडौं । नेपाली कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संस्थापन र संस्थापनइतर समूहबीच चुलिएको तिक्तता मेटाउन सक्रिय देखिएका छन् । गृहजिल्ला झापाबाट संघीय राजधानी काठमाडौं फर्किएलगत्तै उनी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पछिल्लो समय चुलिएको तिक्तता मेटाउन सक्रिय भएका हुन् ।

वरिष्ठ नेता पौडेलको समूहले विधानविपरीत गरिएका भनिएका पछिल्ला निर्णयहरु फिर्ताका लागि सभापति देउवालाई दबाब दिन मौखिक र लिखित रुपमा ध्यानाकर्षपत्र बुझाउनेदेखि आमरण अनशन बस्नेसम्मका दबाबमूलक कार्यक्रम अघि बढाउने तयारी गरिरहेका बेला नेता सिटौला दुवै पक्षलाई मिलेर जानुपर्ने दबाब सिर्जना गरिरहेका छन् ।

उनले शनिबार सभापति देउवा र आइतबार वरिष्ठ नेता पौडेललाई भेटेर सहमतिका साथ अगाडि बढ्नुपर्ने र महाधिवेशनका लागि गरिने निर्णयहरु सर्वसम्मत गर्नुपर्ने सल्लाह दिएका छन् । नेता सिटौलाले सभापति देउवा र वरिष्ठ नेता पौडेललाई भेटेको उनको सचिवालयले पुष्टि गरेको छ ।

“आज बिहान रामचन्द्र निवासमा उहाँहरुबीच भेट भएको हो । हिजो बूढानीलकण्ठमा सभापतिसँग पनि भेट भएको थियो,” सिटौलाको सचिवालय स्रोतले भन्यो, “उहाँ (सिटौला) झापाबाट फर्किएपछि पार्टीमा देखिएको विवाद कसरी समाधान गरेर सहमतिका साथ अगाडि बढ्न सकिन्छ भनेर नेताहरुसँग भेटघाट गरिरहनुभएको छ ।”

संस्थापन पक्ष र पौडेल समूहको बीचमा देखिँदै आएका विवाद समाधानका लागि सिटौलाले यसअघि पनि मध्यमार्गी भूमिका निभाइसकेका छन् । बहुमतका आधारमा पार्टीको विधान पारित गर्दै महाधिवेशनको मिति तोकिएपछि चिढिएको पौडेल समूह र सभापति देउवाका बीचमा मध्यस्थता गरेर सर्वसम्मत रुपमा महाधिवेशनको मिति तय गराएका थिए ।   

तर, केन्द्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरेको मितिमा कांग्रेसको महाधिवेशन सम्पन्‍न हुने सम्भावना क्षीण बन्दै गएको छ । संस्थापन पक्षले कोरोना महामारीलाई देखाएर महाधिवेशनको कार्यतालिका प्रभावित भएको बताइरहेको छ भने पौडेल समूह सभापति देउवाले महाधिवेशन गर्नै नचाहेको आरोप लगाइरहेको छ ।

महाधिवेशनलाई प्रभावित गर्ने गरी सभापति देउवाले समायोजन, विभाग, क्रियाशील सदस्यता र भ्रातृ संस्थामा मनोमानी गरेको दाबी गर्दै पौडेल समूहले चरणबद्ध आन्दोलनको घोषणा गरेर आइतबार हस्ताक्षरसहित विरोधपत्र पार्टी कार्यालयमा दर्ताको तयारी गरेको छ ।

देउवाविरुद्धको अभियानमा पौडेललाई सिटौलाले साथ नदिने

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच महाधिवेशनको विषयमा मतान्तर बढेपछि पूर्वमहामन्त्री सिटौला दुवैलाई मिलाउन प्रयासरत छन् । “सर्वसम्मत रुपमा तोकिएको मितिमा महाधिवेशन सार्ने, अथवा यो हुँदैन भन्ने पक्ष र जसरी पनि गर्नुपर्छ, सम्भव छ भन्ने पक्षलाई एउटै विन्दुमा ल्याएर मिलाउने कोसिस गरिरहनुभएको छ,” सिटौलाको सचिवालयले भन्यो ।  

सचिवालयले नेता सिटौला पौडेल समूहले सभापति देउवाविरुद्ध सञ्चालन गर्ने आन्दोलनमा भने सहभागी नहुने प्रस्ट पारेको छ । “पार्टीलाई संस्थागत रुपमा लिएर जाने, विवादरहित वातावरण बनाएर अधिवेशन सम्पन्न गरेर पार्टीलाई मजबुत बनाउने ध्यानमा हुनुहुन्छ,” सचिवालय स्रोतले भन्यो, “उहाँ कसैसँग पनि मिल्नुहुन्न् । न सभापतिसँग न वरिष्ठ नेतासँग । एउटा पक्षसँग मिलेर जाने कुनै सम्भावना छैन ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro