site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अनुमति नलिई एसिड बेचे एक वर्षसम्म कैद (पूर्णपाठ)
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले तेजाब बिक्री नियमन गर्न अध्यादेशमार्फत नयाँ कानुन ल्याएको छ । मन्त्रिपरिषद्‍बाट पारित भई राष्ट्रपतिले जारी गर्न लागेको अध्यादेमा सरकारको अनुमति नलिई तेजाब वा घातक रसायन बिक्री-वितरण, आयात-निर्यात, ओसारपसार गर्न नपाइने उल्लेख छ ।

त्यस्तो कार्य गरे, गराए पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना र तीन महिनादेखि एक वर्षसम्म कैद सजाय उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियन्त्रण, नियमन र अनुगमन गर्न गृह मन्त्रालयका सहसचिव अध्यक्ष रहेको एक समिति पनि गठन गर्ने भएको छ । समितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि, वन तथा वातावरण मन्त्रालयका प्राविधिक, तेजाब वा अन्य घातक रासायनिक पर्दाथसम्बन्धी कम्तीमा स्नातकोत्तर अध्ययन गरेको र पाँच वर्ष वा सोभन्दा बढी सम्बन्धित क्षेत्रमा काम गरेका व्यक्तिबाट मन्त्रालयले मनोनयन गरेको एकजना महिला सदस्य रहनेछन् ।

मन्त्रालयको सम्बन्धित शाखाका उपसचिव सदस्य सचिव रहनेछन् । समितिको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ । तेजाब नियन्त्रण गर्न जिल्ला स्तरीय पनि समिति गठन गर्ने अध्यादेशमा उल्लेख छ । समितिको संयोजकमा प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको कार्यालयको अधिकृतको रहनेछन् ।

Global Ime bank

समितिमा नेपाली सेनाका अधिकृत, जिल्ला प्रहरी कार्यालयका अधिकृत, जिल्लास्थित घरेलु तथा साना उद्योगसँगसम्बन्धित कार्यालयको प्रमुख, आन्तरिक राजस्व कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् ।

पूर्णपाठ :

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement