site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
के गर्दै छन् ३० हजार चलचित्रकर्मी ?

काठमाडौं । लामो समयको लकडाउन र करिब एक महिना लामो निषेधाज्ञापछि कोरोना संक्रमणको त्रासबीच अन्य क्षेत्र विस्तारै तङ्‌ग्रिने सुरसारमा लागे पनि चलचित्र क्षेत्र भने बन्दै छ । चलचित्र क्षेत्र बन्द हुँदा करिब ३० हजार चलचित्रकर्मी अलपत्र परेका छन् । चलचित्र निर्माता संघका अनुसार कलाकार, प्राविधिक, निर्माता तथा स्रष्टा गरेर करिब ३० हजार चलचित्रकर्मी अलपत्र परेका हुन् । 

यसमध्ये सबैभन्दा धेरै चलचित्र प्राविधिक समस्यामा छन् । लामो समय काम ठप्प हुँदा प्राविधिकहरूलाई अझ धेरै समस्या भएको हो । चलचित्र प्राविधिक संघका अनुसार करिब ३५ सय प्राविधिकमा १५ सय अझ बढी समस्यामा परेको संघले जनाएको छ । यसमा पनि ७०० प्राविधिकलाई दैनिक गुजारा चलाउन नै समस्या भएको छ । 

“चलचित्र क्षेत्र नखुल्दा सबैभन्दा धेरै समस्या हामीलाई भयो । केही व्यक्तिले दिएको राहत साथीहरूलाई वितरण गरिरहेका छौं,” चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा भन्छन्, “सहयोगी साथीहरूले सहयोग गरिरहनुभएको छ ।” 

Dabur Nepal

केही दिनअगाडि नायक राजेश हमालले ५ लाख ६५ हजार रुपैयाँ सहयोग गरेका थिए । ११३ प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारका दरले प्राविधिक संघले उक्त सहयोग वितरण गरेको थियो । 

यसअघि चलचित्र विकास बोर्डले प्राविधिक संघलाई अघिल्लो महिना १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । उक्त रकम संघले २०० प्राविधिकलाई वितरण गरेको थियो । तर उक्त सहयोग आफूहरूका लागि निकै न्यून भएको लामाले बताए । “हामीले ५० लाख रुपैयाँ सहयोगको अपेक्षा गरेका थियौं । ५० लाख रुपैयाँ सहयोग प्राप्त भएको भए अपेक्षित राहत महसुस हुने थियो,” अध्यक्ष लामाले भन्यो, “बोर्डसँग पनि बजेट नभएर होला । तर पनि हाम्रो अभिभावक संस्था बोर्ड नै भएकाले बोर्डसँग हामीले सहकार्य गर्ने हो । त्यसैले अझै सहयोगको अपेक्षा पनि गरेका छौं ।”

बोर्डले चलचित्रकर्मी विपत् व्यवस्थापन कोष स्थापना गरेको छ । उक्त कोषमा आर्थिक अभावमा परेका चलचित्र प्राविधिकहरूलाई सहयोग गर्न चहानेहरूले सहयोग गर्न सक्नेछन् । दसैं नजिकिँदै जाँदा प्राविधिकहरूलाई समस्या पनि थपिँदै गएको संघले जनाएको छ । चलचित्रहरू छायांकनमा जान नसक्दा आर्थिक अभाव अब झन बढ्दै जाने संघ बताउँछ । 

“दसैं नजिँकिदै जाँदा समस्या झन् बढ्दै छ । अहिले एउटा चलचित्र छायांकनमा गएका छ । अर्को एउटा छायांकनमा जाँदै छ । यतिले प्राविधिकलाई काम पुग्दैन,” प्राविधिक संघका अध्यक्ष लामा भन्छन्, “म्युजिक भिडियोले मात्रै धान्दैन । दसैंमा प्राविधिकलाई झन गाह्रो हुँदै छ । घर जान साथीहरूसँग गाडी भाडा पनि छैन । घर चलाउने पैसा छैन । बच्चाको फिस बोर्डिङहरूले पठाउन थाले । बिहान-बेलुका खानै पैसा त छैन भने फिस कसरी तिर्न सकिन्छ ?”

तिजअगाडि बाक्लै संख्यामा म्युजिक भिडियो निर्माण हुँदा छोटो समय भए पनि केही प्राविधिकले काम पाए पनि अहिले म्युजिक भिडियोको काम पनि खासै धेरै नहुँदा प्राविधिकहरू बेरोजगार भएको संघको भनाइ छ । तिजमा निकै धेरै तिजका गीत बजारमा आएका थिए । तिजको तुलनामा निकै कम दसैं गीत रेकर्ड हुने गरेका छन् । 

प्राविधिकसँगै अन्य चलचित्रकर्मी पनि चलचित्र क्षेत्र नखुल्दा कामविहीन बनेका छन् । केही अभिनेता तथा अभिनेत्रीले म्युजिक भिडियोमा काम गरे पनि अधिकांश बेरोजगार अवस्थामा छन् । दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, आँचल शर्मा, नाजिर हुसेन, पल शाह, लक्ष्मी बर्देवालगायतले म्युजिक भिडियोमा काम गरिरहेका छन् । 

चलचित्र क्षेत्र ठप्प हुँदा ३० हजार चलचित्रकर्मी प्रभावित भएका छन् भने १२ अर्ब लगानी रहेका २०० सिनेमा हल बन्द छन् ।  
चलचित्र क्षेत्रलाई पनि खुला गराउन चलचित्र विकास बोर्ड, निर्माता संघ, चलचित्र कलाकार संघ, चलचित्र संघलगायतले सरकारसँग पहल गरिरहेका छन् । तर आजसम्म चलचित्र क्षेत्रलाई सरकारले खुला गरेको छैन । 

अब तत्काल हल तथा छायांकन खोलिए पनि दसैंअगाडि पूर्ण रुपमा चलचित्र क्षेत्र चलायमान हुने सम्भावना कम रहेको चलचित्रकर्मीहरू बताउँदै आएका छन् । 
फाइल तस्बिर
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro