site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 घोराहीमा विद्यालयहरु खुल्‍ने
Sarbottam CementSarbottam Cement

दाङ  । लामो समयदेखि बन्दाबन्दीका कारण बन्द रहेका घोराही उपमहानगरपालिका दाङका विद्यालयहरु सञ्‍चालन हुने भएका छन् ।

बुधबार बसेको घोराही नगर शिक्षा समितिको बैठकले गरेको निर्णय बमोजिम दाङका विद्यालयहरु खुल्ने भएका हुन् । विद्यालय सञ्‍चालन गर्दा शिक्षा महाशाखाको अनुमति लिनु पर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकले विद्यालय सञ्‍चालनका लागि सातवटा मापदण्ड तयार पारेको छ । बैठकले पूर्ण स्वास्थ्य सतर्कता अपनाएर विद्यालयलाई सिकाइ केन्द्रका रूपमा सञ्‍चालन गर्ने निर्णय गरेको छ । 

साथै बैठकले शैक्षिक सत्र २०७७ को मासिक शुल्क र वार्षिक शुल्क २०७६ कै लिने निर्णय पनि गरेको छ । असोज महिनादेखि मासिक शुल्क लिने, ४ कक्षादेखि माथिका विद्यार्थीलाई विद्यालय बोलाउने, प्रति बेन्च १ जना मात्र राख्‍ने, असोज ५ गतेसम्म शिक्षा महाशाखामा कार्य योजना पेश गरी कक्षा सञ्‍चालनको अनुमति लिने निर्णय हिजोको बैठकले गरेको हो । 

Global Ime bank

त्यसैगरी अहिलेको समयमा विद्यालय यातायात सञ्‍चालन नगर्ने साथै उक्त कार्यको अनुगमन गरिने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement