देश
काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ घुम्थाङमा गएराति पहिरो गएको छ । भीरखर्कबाट सुरु भएको पहिरो भोटेकोसीतर्फ खस्नेक्रममा कम्तीमा १० घर बगाएको नगरप्रमुख निमाफुञ्जो शेर्पाले जानकारी दिए ।
“पहिरोमा हालसम्म १७ जना मानिस वेपत्ता छन् । अहिलेसम्म १ जनाको शव फेला परेको छ,” उनले बाह्रखरीसँग भने ।
कठिन भूगोलका कारण अहिले उद्धारमा कठिनाइ भइरहेको उनले बताए । बाह्रबिसे नगरपालिकाकै अर्को नागपुजे भन्ने ठाउँमा पनि पहिरो गएको र त्यहाँ पनि ८ घर पहिरोले बगाएको स्थानीयले बताएका छन् । वेपत्ताहरूको खोजीकार्य जारी रहेको स्थानीयको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७ ०८:०३
प्रतिक्रिया दिनुहोस्