site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भक्तपुर घटना– श्रीमती र छोराको मृत्यु केहीदिन पहिले भएको प्रहरी आशंका 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भक्तपुरमा एकै परिवारका तीनजना घरभित्रै मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सुशीला र १७ वर्षीया छोरा सुशान्त छन् । सुदीप २ वर्ष अघिसम्म औषधि उद्योगमा काम गर्दै आएको खुलेको छ ।

मध्यपुर थिमी नगरपालिका ९ निकोसेरास्थित आफ्नै घरभित्रै तीनजना  मृत फेला परेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

घटनास्थल पुगेका एक अधिकारीका अनुसार एक फ्ल्याटमा छोरा, अर्कोमा आमा र भान्सामा बाबु मृत भेटिएका थिए । उनीहरुसँगै कुकुर पनि मृत फेला परेको छ । कसैको शरीरमा पनि बाहिरी चोट देखिएको छैन ।

अनुसन्धानमा संग्लन एक अधिकारीले भने,“छोरा र श्रीमतीको शव हेर्दा पहिले नै मृत्यु भइसकेको देखिन्छ । उनीहरुको मृत्यु ४–५ दिनअघि भएको देखिन्छ भने सुदीपको शव हिजो–आजकोजस्तो देखिन्छ । सुदीपकोभन्दा पहिले श्रीमती र छोराको मृत्यु भएको पाइएको छ । यसले गर्दा यो हत्या कसैले गरेकोजस्तो देखिन्छ । तर सुदीपको शव भने दुईजनाको जस्तो अवस्थामा देखिँदैन ।”

Global Ime bank

उनीहरुको ज्यान कसरी गयो भन्नेकुराको टुङ्गो पोष्टमार्टम रिपोर्टपछि नै खुल्नेछ । अनुसन्धानमा भक्तपुर प्रहरी, महानगरीय अपराध महाशाखा, सीआईबी लगायतको टोली खटिएको छ । महाशाखाका एसएसपी दीपक थापाले घटनाको अनुसन्धान जारी रहेको बताए ।

सांकेतिक तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  २१:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय