site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
  चितवनमा भदौ १९ सम्म निषेधाज्ञा लम्बियो  
Sarbottam CementSarbottam Cement

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले दोस्रोपटक एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । 

दोस्रो चरणको निषेधाज्ञाको शुक्रबार अन्तिम दिन भएसँगै भदौ १९ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

चितवनमा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए । 

उनका अनुसार अत्यावश्यक सेवा अन्तर्गत देखिएको बैंक तथा वित्तिय संस्थालाई भने केही खुकुलो बनाइने भएको छ । 

Global Ime bank

व्यवसायीहरु र अन्य नागरिकबाट गुनासो आएकाले बैंक तथा वित्तिय संस्था, केही खुकुलो बनाउने निर्णय भएको शर्माले बताए । साथै उद्योगधन्दा भित्र निश्चित स्थानमा क्वारेन्टाइनको व्यवस्था गरी आवाजजावत गर्न सकिने र कृषिजन्य ढुवानी, खानेपानी, बिजुली, इन्टेरनेट लगायतका सवारीसाधनलाई खुकुलो बनाइने निर्णय गरिएको छ । 

चितवन प्रशासनले पहिलो चरणमा साउन ३० गतेदेखि लागु  हुने गरी भरतपुर महानगरपालिकामा निशेधाज्ञा जारी गरेको थियो । 

त्यसपछि साउन ३२ रातिदेखि भदौं ५ गतेसम्मका लागि माडी नगरपालिकाबाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो । यसअघि प्रशासनले भदौ ६ गतेदेखि शुक्रबार रातिसम्म लागु हुनेगरी जिल्लाभरी नै निषेधाज्ञा जारी गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !