काठमाडौं । हिरो मोटोकर्पको सुपर स्प्लेन्डर बजारमा ल्याइएको छ । परिस्कृत सुरक्षा विशेषतासहित सुपर स्प्लेन्डर बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
सुपर स्प्लेन्डर अझ सुरक्षित र एकीकृत ब्रेक प्रणाली (आईबीएस) सहित थप सुरक्षित भएको जनाइएको छ । आईबीएस एक परिस्कृत सुरक्षा विशेषता भनेको पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेकका बीचमा ब्रेक लाग्ने कार्यको वितरणलाई सक्षम तुल्याउँछ । यसले सवारी चालकका लागि सबै परिस्थितिहरूमा अतिरिक्त सुरक्षा सुनिश्चित तुल्याउने कम्पनीको दाबी छ ।
सुपर स्प्लेन्डर (आईबीएस) सहित देशभरिका हिरो मोटरसाइकलको आधिकारिक शो-रूममा १ लाख ९८ हजार रुपैयाँमा उपलब्ध हुने हिरो मोटोकर्पले जनाएको छ ।
सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी केन्द्र) इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको हो । यो बजार प्रवेशसँगै हिरो मोटोकर्पले आफ्ना ग्राहकलाई प्रिमियम, उच्च-गुणस्तर र सुरक्षित उत्पादनहरू प्रदान गर्ने जनाइएको छ ।
यो मोटरसाइकल एउटा एयर कुल्ड, फोर-स्ट्रोक एकल सिलिन्डर, १२४.७ सीसी इन्जिनको साथ आउँछ, जसले ७०० आरपीएममा ६.७२ केडब्लू (९.० बीएचपी) को अधिकतम पावर आउटपुट उत्पादन गर्छ भने ४००० आरपीएममा १०.३५ एनएमको अधिकतम टर्क उत्पादन गर्छ ।
सुपर स्प्लेन्डर ९० किमिप्रति घण्टाको अधिकतम गतिसम्म गुड्छ । यो बाइक पाँच प्रिमियम मेटालिक रङहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।