site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा प्रहरी, थुनुवा र ६ वर्षीय बालकसहित थप ८ जनामा कोरोना संक्रमण

चितवन ।  चितवनमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा शनिबार गरिएको परीक्षणको नतिजामा दुईजना प्रहरी,  एक थुनुवा र एकजना बालकसहित ८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको हो । 

स्वास्थ्य कार्यालय, चितवनका प्रमुख दीपक तिवारीका अनुसार दुईजना नेपाल प्रहरी, एक सशस्त्र प्रहरी, एकजना जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवा, एक ६ वर्षीय बालक, एकजना भरतपुर अस्पतालमा बहिरगं विभागमा उपचार गर्न आएका बिरामी, एकजना चितवन मेडिकल कलेजमा उपचारार्थ बिरामी र अर्का एकजना गैंडाकोटको होम क्वारेन्टिनमा रहेका व्यक्ति छन् । 

कोरोना पुष्टि भएकामध्ये ६ जना चितवनका हुन् भने २ जिल्ला बाहिरका रहेको तिवारीले जानकारी दिए । 

तीमध्ये शुक्रबार एकै परिवारका तीनजनामा कोरोना पुष्टि भएका परिवारका सदस्यका बालक रहेका छन् ।  शनिबार ६९ जनाको स्वाब परीक्षण नतिजामा थप ८ जनामा कोरोना देखिएको हो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  २०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro