site stats
बाह्रखरी :: Baahrakhari
देश
 दाङमा करेन्ट लागेर दुईजनाको मृत्यु 

दाङ । दाङमा करेन्ट लागेर दुई दाजु-भाइको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका वडा नं- १ हर्नौक निवासी १० वर्षीय तेजबहादुर रावत र १४ वर्षीय वीरबहादुर रावत दाजु(भाइको जंगली बँदेल मार्न मकै बारीमा थापेको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Argakhachi Cement Island Ad

उनीहरूका बुवा ३७ वर्षीय दिलबहादुर रावत घाइते छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काका अनुसार रावतले आफ्नै मकै बारीमा जंगली बँदेलले मकै खाएर नोक्सान पारेपछि मार्न भनि आइतबार बेलुकी नै थापेका थिए । 

सोमबार बिहानै बँदेल त्यसमा परे नपरेको भनी हेर्न गएका बुवा-छोरा धरापमा परेका हुन ।  एउटा छोरा गल्तीबस त्यो धराप छुन पुगे र भाइलाई करेन्ट लागेपछि दाजु उनलाई तान्न भनि गए । 

उनलाई पनि करेन्ट लाग्यो । दुबै छोरा करेन्टको धरापमा परेर लडे । बाबु पनि आत्तिँदै अगाडि बढ्दा करेन्ट लाग्‍न पुग्यो । उनी पनि लडे । उनी भने जोगिए । दुई दाजुभाइको भने घटनास्थलमै मृत्यु भयो । 
 

प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  १६:१६
प्रतिक्रिया दिनुहोस्