
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध गैरकानुनी आर्जन गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ ।
कोइरीले ०४६ देखि ०७८ सालसम्म काम गर्दा चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ ८८ पैसा गैरकानुनी आर्जन गरेको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थायी ठेगाना भएका कोइरी हाल काठमाडौं महानगरपालिका–४, चण्डोल बस्दै आएका छन् ।
उनले कुल सात करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँ २३ पैसाको कारोबार तथा बचत गरेको देखिएकोमा बाँकी रकम गैरकानुनी आर्जन गरेको दाबीसहित मुद्दा दायर भएको हो । अखितयारले उनीबाट विगोबमोजिमको सम्पत्ति जफथ गरी कैद र जरिवाना गर्न मागदाबी लिएको छ ।