site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ड्रागन फ्रुटको सफलतापछि कालो धान खेतीको तयारीमा पूर्वमन्त्री विष्ट
Sarbottam CementSarbottam Cement

दाङ । तुलसीपुर उपमहानगरपालिका बिजौरीमा रहेको पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्टसहित तीन जनाको कृषि फार्ममा ड्रागन फ्रुट लटरमै फलेका छन् ।

अहिले तेस्रो लटमा फल्दै छ । विष्टका अनुसार दोस्रो लटमा २५ क्‍विन्टलभन्दा बढी बिक्री भइसक्यो । उनले पहिलो लटमा तीन क्‍विन्टल बिक्री गरेका थिए । यो फार्ममा स्थानीय बासिन्दादेखि कन्चनपुर, नवलपरासीसम्मका मानिस ड्रागन फ्रुट किन्नका लागि आउने गर्छन् । दोस्रो लटको फल भने सकिएको विष्ट बताउँछन् ।
रोग प्रतिरोधात्मक शक्ति बढाउन ड्रागन फ्रुट उपयोगी र प्रभावकारी हुने विश्वासले पनि बिक्रीमा समस्या नरहेको उनको बुझाइ छ । उनले रातो ड्रागन प्रतिकिलो ८ सय रुपैयाँ र सेतो ड्रागन प्रतिकिलो ७ सय रुपैयाँमा बेच्छन् । कोपिला फक्रेको कम्तीमा ३५ दिनपछि फल खानका लागि तयार हुन्छ ।

 

Prabhu Bank
Agni Group
NIC Asia

दाङमा व्यावसायिक रुपमा ड्रागन खेतीको सुरु विष्टसहित तीनजनाले गरेका हुन् । सोह्र महिनामा फल दिने ड्रागन खेती थाल्दा विष्टको टिमले सिउँडी रोपेर समय बर्बाद गरे भन्नेको कमी थिएन । उनले त्यसबेला नेपालमा ड्रागन फ्रुटको व्यावसायिक खेती गर्नुपर्ने कुरा संसदमा समेत उठाए तर सरकारले गम्भीर रुपले लिएन ।
कृषिको उन्नतिका लागि सरकार मौन बसेको उनको आरोप छ । सरकारले नगद अनुदानलाई रोक्नुपर्ने, गरी खानेका लागि जग्गा उपयोग गर्न दिनुपर्ने, सस्तो ब्याजदरमा विनाधितो ऋण उपलब्ध गराउने तथा किसानलाई सैद्धान्तिक नभई प्रयोगात्मक तालिमको व्यवस्था गर्नुपर्ने विष्ट बताउँछन् ।

Global Ime bank

 

मन्त्रीको कार्यकाल सकिएलगत्तै राजनीतिलाई समेत विश्राम लगाएर विष्टले थप दुई साथीसहित बिजौरीमा रहेको करिब ६६ कठ्ठा बाँझो जग्गा लिजमा लिएर व्यावसायिक खेती सुरु गरे । सेयरहोल्डरको व्यक्तिगत श्रमबाहेक हालसम्म करिब एक करोड लगानी गरिसकेको उनी बताउँछन् । 
एक सिजनमा (जेठदेखि असोजसम्म) फल दिने ड्रागन सलादका रुपमा मात्र होइन, फूल सुकेपछि ग्रिन-टी बनाएर बिक्री गर्ने अभ्यास पनि सुरु गरिएको विष्टले बताए । अर्को चरणमा ड्रागन वाइन पनि बनाउने सोंच रहेको उनी सुनाउँछन् । माथि ड्रागन फलेको छ भने तल उक्त जमिनमा सर्पगन्धा जडीबुटीले दाना दिन सुरु गरेका छन् । छेउमै औषधिजन्य जडीबुटी कुरिलोको पनि व्यावसायिक खेती गरिएको छ । साथै फार्मबाट ड्रागन फ्रुटका बेर्नासमेत बेच्न सुरु गरिएको छ ।

 

यी बिरुवाहरु बुटवल, कपिलवस्तुदेखि कैलाली कञ्‍चनपुरसम्म बिक्री हुने विष्ट बताउँछन् । विष्टलाई ड्रगन बेच्न भ्याई-नभ्याई छ । उनले कामदार पनि राखेका छन् । फार्ममा आएका व्यक्तिहरुलाई ड्रागनबारे जानकारी दिने, सेल्फी खिच्ने, फल टिप्न व्यस्त विष्ट आफूलाई मन्त्रीभन्दा एउटा किसानका रुपमा चिनाउँछन् । राजनीतिमा उनलाई उत्साह र घृणा दुवै छैन । राजनीतिमा विश्राम पनि हुन्छ भन्ने मान्यता स्थापित गर्न आफूले राजनीतिमा विश्राम लिएर व्यावसायिक किसान बन्ने अभियानमा लागेको उनी बताउँछन् । 

 

उसो त विष्टका बगैंचामा ड्रागन मात्र होइन, एभोकाडो, रेड बनाना, केजी अम्बा, विक ड्याडी म्यांगो र रेड म्यांगोको समेत व्यावसायिक खेती सुरु भएको छ । कालो धानबाट किसानी यात्रा सुरु गरेका विष्ट अचेल ड्रागन खेती विस्तारमा  व्यस्त छन् । 

उनी अर्को वर्षदेखि कालो धानको व्यावसायिक रुपमै खेती गर्ने योजनामा छन् । विष्टसहित तीनजनाको लगानीमा सुरु गरिएको फार्ममा कामअनुसार दैनिक पाँचदेखि २५ मजदुरले ज्यालादारीमा काम गर्दै आएका छन् ।

 

 

उनको फार्ममा करिब पाँच हजार बढीले काम गरिसकेका छन् । १५ वर्षसम्म लिजमा ल्याएको जग्गाबाट उत्पादन भएको ड्रागन फ्रुटबाट पाँच वर्षमा लगानी उठाउने र १० वर्षसम्म फाइदा लिने योजना बनाएको विष्ट बताउँछन् । वार्षिक रुपमा जग्गा लिजमा लिएबापत् उनले तीन लाख रुपैयाँ भाडा तिर्ने गर्छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !