site stats
बाह्रखरी :: Baahrakhari
देश
 दाङमा 'तपाईंको मास्क खोई' अभियान सुरु

दाङ । पैदल र सवारीसाधनका यात्रुको मास्क लगाउने बानीको विकास गर्न वडा प्रहरी कार्यालय घोराहीले ‘तपाईंको मास्क खोई’ अभियान सुरु गरेको छ ।

सडकमा खटिने प्रहरीलाई ‘तपाईंको मास्क खोइ’ लेखेको प्लेकार्ड दिएर त्यसबाटै यात्रुहरुलाई सचेत गराउने अभियान सुरु भएको  वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालले जानकारी दिए।

Argakhachi Cement Island Ad

लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमणको जोखिम बढे पनि आम नागरिकले सुरक्षा सतर्कता अपनाउन कम गरेको भन्दै उनले मास्क अनिवार्य लगाउनुपर्छ भन्ने सन्देश जागृत गर्न यस्तो अभियान सुरु गर्न थालिएको प्रहरी निरीक्षक रिमालले बताए । 

ूपटक-पटक सिठ्ठी फुकिरहनुपर्ने र निरन्तर बोलिरनुपर्दा आफ्नो मास्क खोलिरहनुपर्छ, त्यसो गर्दा नाक मुखजस्तो संवेदशीन अंग छोइरहनुपरेकोले सुरक्षाकर्मीकै सुरक्षाको लागि पनि यो सहयोगी हुने लागेर प्लेकार्डमार्फत सचेत बनाउने अभियानको सोच आएको हो", उनले भने । 

यसअघि लकडाउन प्रभावकारी बनाउने समयमा उनले आफ्नै अवधारणामा घोराहीमा ‘स्टिकी क्याच’ अभियान ल्याएका थिए  । विभिन्न बहानामा लकडाउन उल्लंघन हुन थालेपछि अत्यावश्यकीय कामबाहेक हिँडेकाहरुलाई ‘स्टिकी क्याच’बाट पक्राउ गर्ने गरिएको थियो ।

वडा प्रहरी प्रमुख रिमालले सडकमा भेटिएका व्यक्तिलाई सोझै समात्नु जोखिमपूर्ण हुने भएकाले ग्रील उद्योगमा बनाउन दिएर ‘स्टिकी क्याच’तयार पारेका थिए । 

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १७:०४
प्रतिक्रिया दिनुहोस्