site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ऊर्जा बोन्ड जारी गर्न दुई बैंक इच्छुक, राष्ट्र बैंक पनि सकारात्मक 

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु मौद्रिक नीतिबाट गरेको व्यवस्था अनुसार ऊर्जा बोन्ड जारी गर्न दुईवटा बैंक इच्छुक देखिएका छन् । हाइड्रोपावरको क्षेत्रमा लगानी गर्न अग्रणी बैंकहरु एनएमबी र सानिमा बैंकले ऊर्जा बोन्ड जारी गर्ने इच्छा देखाएका हुन् । 

दुबै बैंकले ऊर्जा बोन्ड जारी गर्न प्रारम्भिक छलफलसमेत गरिसकेका छन् । आफूहरु ऊर्जा बोन्ड जारी गर्न इच्छुक रहेको र प्रारम्भिक छलफलसमेत गरिसकेको दुबै बैंकका प्रमुख कार्यकारी अधिकृतहरु बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका सानिमा बैंकका प्रमुख कार्यकरी अधिकृत सानिमा बैंकहरुमा इन्जिनियरले नै सञ्चालन गरेको र आफूसँग हाइड्रोपावरको लागि विशेषज्ञता पनि रहेकोले ऊर्जा बोन्ड जारी गर्न इच्छुक रहेको बताउँछन् । 

“अहिले प्रारम्भिक छलफल मात्रै भएको हो, कसरी अगाडि बढ्ने भन्ने मोडालीटी तयार भएको छैन” बैंकर्स संघका अध्यक्ष दाहालले बाह्रखरीसँग भने, “हामीले संयुक्त छलफल भने गरेका छैनौं तर हामीहरु ऊर्जा बोन्ड जारी गर्न तत्पर हो । त्यसको लागि बजारको अध्ययन पनि गर्नुपर्‍यो । अहिलेसम्म हामी प्रारम्भमा नै हो । एक चरणको छलफल मात्रै भएको छ ।”

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी पनि आफूहरुले ऊर्जा बोन्ड जारी गर्न इच्छुक रहेको र त्यसको लागि प्रारम्भिक छलफल सुरु भएको बताउँछन् । एनएमबी बैंकसँग हाइड्रोपावरमा लगानी गरेको अनुभव पनि रहेको र एनएमबी बैंकको नेतृत्वमा धेरैवटा परियोजनामा लगानी पनि भएको भन्दै बैंक यसमा विशेषज्ञ रहेको उनको भनाई छ । 

बाह्रखरीसँग उनले भने, “हामीसँग हाइड्रोपावरको विशेषज्ञ कर्मचारी पनि छन् भने यसअघि पनि धेरै परियोजनाहरुमा बैंकको नेतृत्वमा लगानी भइसकेको छ । बैंकले हाइड्रोपावरको क्षेत्रमा लगानी गर्न सक्छ, र हामी ऊर्जा बोन्ड जारी गर्न इच्छुक पनि छौं ।”

दुबै बैंकहरुले बोन्ड जारी गर्ने चाहनामा भए पनि संयुक्त रुपमा जाने अथवा छुट्टाछुट्टै जाने भन्‍ने विषयमा भने छलफल नभएको बताएका छन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले भने, “हामीले एक अर्कासँग कसरी अगाडि बढ्ने भन्‍ने विषयमा छलफल गरेका छैनौं तर अहिलेको अवस्थामा हाइड्रोपावरको क्षेत्रमा लगानी गर्न विशेषज्ञता भएका बैंकहरु एनएमबी र सानिमा हो । त्यसलै हामीले ऊर्जा बोन्ड जारी गर्ने योजना बनाएका हौं,” राष्ट्र बैंक र अन्य बैंकपनि यसमा सकारात्म रहेको उनको भनाई छ । 

ऊर्जा बोन्ड कसरी अगाडि लैजाने भन्ने बैंकर्स संघमा छलफल गरेर निर्णय लिने अर्का एक बैंकरले बताए । प्रारम्भिक छलफल हुँदा ऊर्जा बोन्ड जारी गर्न एनएमबी र सानिमा बाहेक अन्य बैंक इच्छुक नदेखिएको भन्दै ऊर्जा क्षेत्रमा लगानीको नेतृत्व यी दुई बैंकले नै गर्ने ति बैंकरले बताए । यद्यपि अहिलेको मोडालीटीमा पनि बैंकहरुले आफूखुसी पनि ऊर्जाक्षेत्रमा लगानी गर्न सक्नेछन् ।

बैंकहरुले आफूले हाइड्रोपावरमा लगानी गर्न नसकेमा त्यो क्षेत्रमा विशेषज्ञ बैंकले ऊर्जा बोन्ड जारी गर्न सक्ने र ऊर्जा क्षेत्रमा राष्ट्र बैंकले तोकेको लगानी गर्न नसक्ने बैंकले ऊर्जा बोन्डमा लगानी गर्न सक्ने ब्यवस्था चालु मौद्रिक नीतिमा गरेको छ । सोही ब्यवस्थाका आधारमा बैंकहरुले आफ्नो छलफल सुरु गरेका हुन् । 

बैंकहरुले सरकारी ऋणपत्रमा गरेको लगानी सरह हाइड्रो बोन्डमा लगानी गर्न सक्ने स्रोतको दाबी छ । अन्य ऋणपत्र जस्तै भएपनि यसमा केही फकर भने हुने बैंकरहरु बताउँछन् । अन्य ऋणपत्रको भन्दा यसको कम ब्याजदर हुनेपर्ने विषयमा पनि बैंकरले छलफल गरिरहेका छन् । मौद्रिक नीतिमा राष्ट्र बैंकले ऊर्जा र कृषि बोन्डको अवधारणा ल्याएको थियो । कृषि बोन्ड भने कृषि विकास बैंकले जारी गर्ने गरी छलफल सुरु भइसकेको छ ।

राष्ट्र बैंक पनि एनएमबी र सानिमाले नै ऊर्जा बोन्ड जारी गर्नेसक्ने प्रारम्भिक विश्लेषण रहेको बताउँछ । राष्ट्र बैंकका एक विभागिय प्रमुखले बाह्रखरीसँग भने, “ ऊर्जा क्षेत्रमा लगानी गर्नेसक्ने क्षमता भएका बैंकहरु सानिमा र एइनएमबी हुन् । उनीहरुले प्रारम्भीक छलफल पनि सुरु गरेका छन् । राष्ट्र बैंकको चाहना पनि सानिमा र एनएमबीले नै ऊर्जा बोन्डको नेतृत्व गरुन् भन्ने हो ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro