site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ मा ७१ कोरोना संक्रमित थपिए, पर्सामा मात्र ५० जना

जनकपुर । प्रदेश २ मा बिहीबार ७१ जना नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ५० जना पर्सामै छन् । 

बिहीबार पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ४ र १२ मा तीन वर्षीया बालिकासमेत तीन देखि ६० वर्ष उमेर समूहका २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 

त्यस्तै, वीरगंजस्थित नारायणी अस्पतालका पाँच जना महिलासमेत १५ जना, नेपाली सेनाको शिविर र विर्ताका दुई–दुई जना, पर्साको सुगौली गाउँपालिकाका तीन जना तथा छिपहरमाई गाउँपालिका र जगरनाथपुर गाउँपालिकाका एक–एक जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले पुष्टी गरेको छ ।

बाराको जीतपुर स्वास्थ्यचौकी क्वारेन्टाइनका दुई र कलैया उपमहानगरपालिकाका एक जना, महोत्तरीको बर्दिबास नगरपालिकाका तीन र एकडरा नगरपालिकाका एक जना तथा धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका पाँच जना, शहीदनगर नगरपालिकाका एक जना, एकमला नगरपालिकाका एक जना, मिथिला नगरपालिकाका पाँच जना, ठाउँ खुल्न नसकेको एक जना र पुर्व नवलपरासी, गैंडाकोटका एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 

बिहीबारसम्म प्रदेश २ मा कोरोना संक्रमितको संख्या चार हजार छ सय १५ जना पुगेको छ भने तीन हजार ६९ जना अस्पतालमा उपचारपछि निको भएर घर फर्केका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro