site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 कमोडिटी एक्सचेञ्‍जको लागि तेस्रो पटक आवेदन माग गरिँदै, यसअघिको आवेदन खारेज 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार (कमोडिटी एक्सचेञ्‍ज) को लाइसेन्सको लागि पुन: आवेदन खुलाउने भएको छ । यसअघि दुई पटकसम्म आवेदन खुलाइसकेको बोर्डले पुन: तेस्रो पटक आवेदन खुलाउन लागेकको हो । 

वस्तु विनिमय बजारको लाइसेन्सको लागि पुन: आवेदन खुलाउने योजनामा रहेको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बताउँछन् । अब आवेदन माग गर्दा भने ६ महिना भित्रमा नै लाइसेन्स प्रदान गर्ने अध्यक्ष ढुंगाना बताउँछन् । “लाइसेन्सको लागि आवेदन मागेको ६ महिनाभित्र लाइसेन्स दिइसक्नुपर्छ,” बोर्ड अध्यक्ष ढुंगानाले बाह्रखरीसँग भने, “दोस्रो पटक आवेदन खुलाउँदा दिएको आवेदन खारेज गरेर नयाँ आवेदन माग हुन्छ र नयाँ आवेदन लिएको ६ महिना भित्रमा प्रक्रिया पूरा गरेर लाइसेन्स वितरण हुन्छ ।” चालु आर्थिक वर्षमा नै बस्तु विनिमय बजार सञ्चालनमा आउने उनले दाबी गरे ।  

उनले आवेदन माग गरेर यसअघि जस्तो होल्ड गरेर नबस्‍ने दाबी गरे । उनले भने, “आवेदन माग गरेर वर्षौ राख्‍न मिल्छ, लाइसेन्स दिन सकिँदैन भने आवेदन नै माग्‍न हुँदैन ।” धितोपत्र बजारको भन्दा ठूलो संयन्त्र वस्तु विनिमय बजार सञ्चालन गर्न आवश्यक पर्ने उनले बताए । त्यो संयन्त्र तयार नहुँदा नै वस्तु विनिमय बजार सञ्चालन गर्ने आधार तयार नभएको उनले बताए ।  उनले भने, “वस्तु विनिमय बजार सञ्चालन गर्न गर्न पहिले वेश तयार गर्ने अथवा त्यसैलाई सँगसँगै लैजानुपर्छ ।”

अहिले बोर्डसँग भएको संयन्त्रले धितोपत्र बजार मात्रै सञ्चालन गर्न सक्ने र वस्तु विनिमय बजार सञ्‍चालन गर्ने संयन्त्र नै नभएको उनले दाबी गरे ।  उनले भने, “अहिले बोर्डसँग ६०÷६५ जना मात्रै कर्मचारी छन्, भोलि बस्तु विनिमय बजारको पनि नियमन, बजार निरीक्षण, निगरानी गर्नुपर्छ, लाइसेन्स दिनुपर्छ तर त्यसको लागि कर्मचारी छैन ।” 

कमोडीटी बजार सञ्चालनको लागि कति कर्मचारी चाहीन्छ भनेर बोर्डले ओएनएम गरीरहेको र यति दरबन्दी थप हुनुपर्ने भन्ने निक्र्यौल भइसकेको उनले बताए । त्यो दरबन्दी स्वीकृत भएपछि मात्रै वस्तु विनिमय बजार सञ्‍चालन गर्ने संयन्त्र पनि तयार हुने अध्यक्ष ढुंगानाको दाबी छ । लाइसेन्स दिने प्रक्रियासँगै दरबन्दी थप गर्ने प्रक्रिया पनि अगाडि बढ्ने र आवश्यक पर्ने बेलामा सम्पूर्ण संयन्त्र तयार हुने उनले दाबी गरे । 

उनले कमोडिटी एक्सचेञ्जको प्रक्रिया पूरा गर्ने र क्षमता पुगेकाहरुलाई मुल्यांकन गरेर बजारको आवश्यकतालाई पनि ध्यानमा रखेर लाइसेन्स दिने बताए । उनले भने, “यसअघि अध्ययन भएर २ वटाको लागि लाइसेन्स दिने सिफारीस भएर आएको रहेछ, लाइसेन्स भनेको यतिवटालाई दिने भन्ने हैन, आवेदन खुलाएपछि आवेदन दिएका मध्यबाट बलिया, प्रविधि भएका र बजारलाई अगाडी लैजान सक्नेलाई छानेर लाइसेन्स दिने हो,” उनले भने, “अहीले २ वटालाई लाइसेन्स दिने भनौला, भोलि प्रविधि नै नभएका र बजार सञ्चालन गर्ने क्षमता नै नभएका दुईवटाको मात्रै आवेदन पर्ला अब तिनीहरुलाई लाइसेन्स दिए भयो नी ।”

आवेदन माग गरेको ६ महिनाभित्र लाइसेन्स दिइसक्ने बताएका उनले अब प्रक्रिया सुरु गरेर चाँडै नै नयाँ आवेदन माग गरीने बताए । बोर्डले यसअघि पनि पनि २ पटकसम्म आवेदन माग गरीसकेको छ । प्रथम पटक आवेदन माग गर्दा ५ वटाको आवेदन परेको थियो । तर उक्त आवेदनमा लाइसेन्स वितरण नगरेको बोर्डले गत आर्थिक वर्षमा दोस्रो आवेदन माग गरेको थियो । दोस्रो आवेदन ६ वटा कम्पनीले आवेदन दिएका छन् । तर बोर्डले दोस्रो पटकको आवेदन पनि खारेज गर्दै तेस्रो पटक आवेदन माग गर्ने तयारी गरेको हो । 

यसअघि राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक तथा नेपाल बैंकको अध्यक्ष बासुदेव अधिकारीको नेतृत्वमा बनेको अध्ययन समितिले  २ वटा कमोडिटि एक्सचेञ्ज लाइसेन्स दिने बोर्डलाई सिफरिस गरको थियो । 

बोर्डका तत्कालीन अध्यक्ष रेवतबहादुर कार्कीले साही अनुसार नै ६ वटा आवेदनमध्ये २ वटालाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएका थिए । तर लाइसेन्स वितरण नगर्दै अध्यक्ष कार्कीको कार्यकाल सकिएपछि नयाँ अध्यक्षको रुपमा आएका ढुङ्गानाले पुरानो प्रक्रिया खारेज गर्दै नयाँ आवेदन माग गर्ने तयारी गरेका हुन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro