काठमाडौं । वसन्तपुर दरबार क्षेत्रमा सत्याग्रहमा बसेका इनफ इज इनफका सत्याग्राहीप्रति ऐक्यबद्धता जनाउने क्रम बढेको छ ।
११ दिनदेखि अनशन बसेका इनफ इज इनफका ई, समाइरा श्रेष्ठप्रति ऐक्यबद्धता जनाउन आज कांग्रेस नेता प्रकाशमान सिंह, नवीन्द्रराज जोशीलगायत नेता-कार्यकर्ता पुगेका थिए । यस्तै आज काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्का पनि सत्याग्रहप्रति ऐक्यबद्धता जनाउन वसन्तपुर पुगेकी थिइन् ।
‘इनफ इज इनफ’ले पहिलो अनशनको प्रतिफल सत्याग्रही र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच गत असार २२ गते १२ बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार सरकारले एक साताभित्र अभियानका प्रमुख मागहरू कार्यान्वयन गर्ने प्रतिबद्धता गरको थियो ।
सरकारले सहमति गरेको दुई सातापछि पनि घोषित प्रतिबद्धतालाई लिएर सरकारले मौनता साँधेपछि इनफ इज इनफ’ का अभियान्ता ११ दिनदेखि अनशनमा छन् ।