site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
काठमाडौंमा आज सामान्य वर्षाको सम्भावना, भोलिबाट देशभर झरी

काठमाडौं । काठमाडौंमा आज सामान्यदेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुन सक्रिय रहेकाले पानी पर्ने र रोकिने क्रम जारी छ । काठमाडौंका केही स्थानमा बिहानैबाट पानी परिरहेको छ । 

श्रेष्ठका अनुसार भोलिबाट काठमाडौंसहति पुनः देशभर निरन्तरको झरी सुरु हुने छ ।  विभागका अनसार आज प्रदेश १, प्रदेश २ र गण्डकी  प्रदेशका केही स्थानमा  मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।  अन्य स्थानमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

Dabur Nepal

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  गण्डकी  प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ । 

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले जनाएको छ । सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै विभागले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन आग्रह गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  ०७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro