देश
काठमाडौं । सर्वोच्च अदालतले रञ्जन कोइरालालाई सजाय घटाएर गरेको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ ।
पूर्वडीआईजी कोइरालाको सर्वस्वसहित जन्मकैदको सजाय घटाएर आठ वर्षमै जेलमुक्त गर्ने सर्वोच्च अदालतको फैसलापछि उनी आज मात्र रिहा भएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जान लागेको हो । महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार सकेसम्म आजै पुनरावलोकनका लागि जाने तयारी छ ।
न्यायाधीशको विशेषाधिकारले रञ्जनको सजाय घट्यो !
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७ १४:११
प्रतिक्रिया दिनुहोस्