देश

ताप्लेजुङ । कञ्चनजंघा बेस क्याम्प जाने क्रममा लेक लागेर बिरामी भएका दुई फ्रान्सेली पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
फ्रान्सेली नागरिक ४९ वर्षीय रज्जुक कैस र ७२ वर्षीया नाडिन डेनिस एन्जेल मिशेल गएको बुधबार कञ्चनजंघा बेस क्याम्प गएका थिए । सोही क्रममा लेक लागेका कारण बिरामी भएका थिए । दुवै जना फक्ताङलुङ गाउँपालिका–६ स्थित घुन्साको एक गेस्ट हाउसमा फर्किएर बसिरहेका थिए ।
घटनाबारे सोमबार इलाका प्रहरी कार्यालय घुन्सामा जानकारी प्राप्त भएपछि उद्धारका लागि प्रहरी टोली खटिएको थियो । थप उपचारका दिउँसो मनाङ एयरको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । रासस
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२ २०:२७
प्रतिक्रिया दिनुहोस्