देश
काठमाडौं । सरकारले साउन ६ गते राति १२ बजेदेखि लागु हुने गरी लकडाउन खुला गरेको छ । कोरोना संक्रमण फैलिन नदिन भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको थियो ।
१२० दिनको लकडाउन खुला भएसँगै सर्वसाधारणको चहलपहल पनि बढेको छ । सर्वसाधारण नियमित काममा जान थालेका छन् । बन्द रहेका पसल, यातायात तथा अन्य व्यवसायहरू सुरक्षा सतर्कता अपनाउँदै खुलेका छन् ।
निजी तथा सरकारी कार्यालयहरू पनि नियमित खुलेका छन् । सडकमा सवारीसाधनको चाप पनि बढेको छ । यद्यपि कोरोना संक्रमणको जोखिम भने कायमै छ । हेरौं काठमाडौंमा आज भएको चहलपहल :
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७ १६:३९
प्रतिक्रिया दिनुहोस्