site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘सुसाइड और मर्डर’ को फर्स्टलुक पोस्टर रिलिज 
Sarbottam CementSarbottam Cement

एजेन्सी । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको जीवनीसँग प्रेरित चलचित्र ‘सुसाइड और मर्डर’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । 

चलचित्रमा सुशान्तको भूमिकामा टिकटक स्टार सचिन तिवारीलाई देख्न सकिनेछ । रिलिज पोस्टरमा सचिनको दायाँ अनुहारपट्टि कालो देखाइएको छ भने बायाँपट्टि भने प्रस्टले देखाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सचिनको अनुहार सुशान्तसँग मिल्न थालेसँगै सामाजिक सञ्जालमा उनी भाइरल भइरहेका छन् । चलचित्र निर्माता विजय शेखर गुप्ताका अनुसार स्क्रिप्टको ५० प्रतिशत काम सकिसकेको छ । यसको पूरा काम अगस्तसम्म सकिनेछ । उनका अनुसार १६ सेप्टेम्बरदेखि पन्जाबमा छायांकन हुनेछ ।

यो चलचित्र बलिउडमा फैलिएको नेपोटिजम र बलिउड माफियाको मिथलाई तोड्न बनाइएको निर्माता गुप्ताको दाबी छ ।

Global Ime bank

उनले अगाडि भने, “यस्तो घटनाको सिकार भएका बलिउड कलाकारमा सुशान्त पहिलो होइनन् । चलचित्रमा ९ देखि १० कलाकारको कथा समावेश हुनेछ । चलचित्र ३ घण्टाको हुनेछ । सुशान्तको आत्महत्याको केसमा सोधपुछ गरिएका केही प्रेरित क्यारेक्टरलाई पनि चलचित्रमा प्रस्तुत गरिनेछ ।”

निर्माता गुप्ताले पछि छायांकनमा कुनै पनि रोकतोक नहोस् भनेर सम्पूर्ण कानुनी पक्षमा कुरा गरिसकेका छन् । उनले सुशान्तको जीवनीबाट प्रेरित मात्रै हुने र कुनै किसिमको बायोपिक नभएर अरू पात्रहरूको कथा पनि समावेश हुनेमा जोड दिए । (नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC