देश
स्याङ्जा । स्याङ्जामा बालविवाह गर्ने र गराउने चारजना पक्राउ परेका छन् ।
१७ वर्षीया किशोरीसँग बाल विवाह गरेको अभियोगमा आँधीखोला गाँउपालिका १ बस्ने २४ वर्षीय नारायण प्रसाद तिवारी र बालविवाह गराउने कार्यमा संलग्न तिवारीकै बुवा, आमा समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
०७७ असार २१ गते ती किशोरीलाई विवाह गरेको भन्ने किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई विवाहसम्बन्धी कसुर अन्तर्गत (बाल विवाह) मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७ १८:०७
प्रतिक्रिया दिनुहोस्