site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हराएको ६ दिनपछि नाया रिवेरा मृत फेला
Sarbottam CementSarbottam Cement

एजेन्सी । अमेरिकी गायिका तथा चर्चित सिरिज ‘ग्ली’ की अभिनेत्री नाया रिवेरा सोमबार दक्षिणी क्यालिफोर्निया तालमा मृत अवस्थामा फेला परेकी छन् । पेरु तालबाट बुधबार साँझ हराएकी ३३ वर्षीय नाया ६ दिनपछि मृत फेला परेकी हुन् । उनका ४ वर्षका छोरा भने सोही दिन (८ जुलाई) मै डुंगामा एक्लै भेटिएका थिए । 

विगत ६ दिनदेखि रिवेराको खोजीमा संलग्न सेरिफ अफिसले भेटिएको शव अभिनेत्रीकै भएको पुष्टि गरेको हो । नायाको शव भेटिएको खबरसँगै ट्विटरमा उनलाई श्रद्धाञ्जलि दिनेको ओइरो लागेको छ । ‘ग्ली’का को–स्टार जेन लिन्चले लेखेका छन्, “आराम गर प्यारी नाया । तिमी साँचै ऊर्जावान थियौ । 

Prabhu Bank
Agni Group
NIC Asia

साथै निर्माता स्टिवन क्यानल्सले लेखेका छन्, “भन्न बाँकी सबै कथाहरूप्रति निराश छु ।” फक्स टिभी र फक्स इन्टरटेन्मेन्टले पनि रिवेराको मृत्युबारे दुःख व्यक्त गर्दै उनी राम्रो प्रतिभा भएकी र अझै धेरै अघि बढ्न सक्ने बताउँदै ‘ग्ली’को पहिलोदेखि अन्तिम एपिसोडसम्म पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरेका छन् ।

०००

Global Ime bank

नाया रिवेराले सानै उमेरदेखि अभिनय यात्रा सुरु गरेकी थिइन् । क्यालिफोर्नियाको शान्ता कलारितामा जन्मिएकी उनी ४ वर्षको उमेरमै सिरिज ‘द फ्रेस प्रिन्स अफ बेल–इयर, फ्यामिली म्याटर र द बर्नी म्याकमा देखिएकी थिइन् । तर, उनलाई राष्ट्रिय ख्याती ‘ग्ली’ मा निभाएको लेस्वियन किशोरीको भूमिकाले दियो । ‘ग्ली’ २००९ देखि २०१५ सम्म फक्समा प्रसारण भएको थियो । 

किशोरावस्थामा ‘इटिङ डिस्अडर’ सँग लडिरहेकी उनको यसकै कारण स्तन प्रत्यारोपन गर्नुपरेको थियो । ‘ग्ली’ मा अभिनय गर्नुअघि उनले होटलदेखि जिम लगायत धेरै ठाउँमा काम गरेकी थिइन् । ‘ग्ली’ को दोस्रो सिजनदेखि सफलता र चर्चामा तानिएकी उनले यसको सफलताबाट चलचित्रमा काम गर्ने मौका पाइन् । 

उनले सन् २०१४ मा चलचित्र ‘द डेभिल्स डोर’ मा डेब्यु गर्ने मौका पाइन् । यसअघि उनले सन् २०१३ मा ‘सरी’ गीतमा पनि र्‍यापर बिग सिनसँगै गाउने मौका पनि पाइन् । उनले अभिनेता रेयन डोर्सेसँग सन् २०१४ मा विवाह गरेकी थिइन् । भने सन् २०१५ मा छोरा जोसे जन्मिएका थिए । 
(इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !