site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विश्वव्यापी तरंग सिर्जना गरिरहेका नेटफ्लिक्सका पाँच सिरिज
Sarbottam CementSarbottam Cement

एजेन्सी । अनलाइन प्लेटफर्म ओटिटीको विकासपूर्व हामीमध्ये धेरैलाई अन्य देशका सो, डकुमेन्ट्री र चलचित्र हेर्ने पहुँच थिएन । यद्यपि नेटफ्लिक्स, डिज्नी प्लस हटस्टार र एमेजोन प्राइम भिडियो लगायतका स्ट्रिमिङ प्लटेफर्मको सुरुवातसँगै अवस्था द्रुत गतिमा परिवर्तन भयो ।

अहिले कुनै पनि देशमा निर्मित नयाँनयाँ सिरिज पनि सजिलै हाम्रो पहुँचमा आइपुग्छन्, भनेर दाबी गर्न सक्छौं । बन्द कोठामै बसरे भएर पनि हामी धेरथोर एकअर्काको संस्कृतिको स्वाद चाखिरहेका छौं ।

जर्मनी, स्पेन र बेल्जियम जस्ता देशहरूले निर्माण गरेका थुप्रै सोहरू छन्, जसले दर्शकलाई एक ठाउँमा बसेर हेर्न बाध्य तुल्याएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जसमध्ये अहिले हामी लकडाउनको समयमा नेटफ्लिक्समा विश्वभरिबाट धेरै हेरिएका केही विदेशी सोका बारे कुरा गर्दैछौं :

डार्क

Global Ime bank

 

नेटफ्लिक्सको लोकप्रियताले जर्मन साइन्स–फिक्सन सिरिज ‘डार्क’ उत्पादन गरेको छ । आज तपाईं सामाजिक सञ्जालमा ‘डार्क’ बारे सिद्धान्त र विचारहरू सामना नगरी अघि बढ्न सक्नुहुन्न । यसअर्थमा यो नयाँ ‘गेम अफ थ्रोन्स’ भइसकेको छ ।

यद्यपि स्क्रिप्टको हिसाबमा यी दुईलाई थप छुट्याउन सकिँदैन । जबकि ‘गेम अफ थ्रोन्स’ अवश्य पनि एक ‘पिरियड फ्यान्टासी’ हो भने, ‘डार्क’ विज्ञान र लरको मुख्य मिश्रण हो । 

यो पिंढीको विस्तार र अन्तर्देशीय समय यात्रा र त्यसको पात्रहरूका प्रभावबारे हो । ‘डार्क’ बहु–स्तरीय सिरिज हो जसले तपाईंको पूरा ध्यान त्यसमै लगाउन बाध्य बनाउँछ ।
यसका तीनवटै सिजन नेटफ्लिक्समा उपलब्ध छन् ।

मनी हाइस्ट

 

यो स्पेनिस कोन जनराको नाटक हो । यसलाई एलेक्स पिनले जीवन्त बनाएका छन् । यसको कथाको शैली, फ्ल्यासब्याक र जम्प कट्सले यस सिरिजमा मिठास थपेर यसलाई थप आकर्षित बनाएको छ । 

कालकारहरूको अभिनयले यसलाई थप उचाइमा पुर्‍याएको छ । विश्वभरिका दर्शकलाई आकर्षित गरेको त छ नै यसले बलिउड कलाकारलाई पनि प्रभावित बनाएको छ । 

अभिनेता आयुष्मान खुरानाले हालै यसको भारतीय भाषामा निर्माण भए ‘प्रोफेसर’को भूमिका निभाउने इच्छा व्यक्त गरेका छन् । ‘प्रोफेसर’ यस सिरिजका मुख्य र चर्चित पात्र हुन् । यसका चारवटै सिजन नेटफ्लिक्समा उपलब्ध छन् ।

इनटु द नाइट

 

यो बेल्जियम नेटफ्लिक्स सिरिज वैज्ञानिक दृष्टिकोणमा नअटाए पनि यसको नाटकीयता निश्चित छ । यसको कथा नाटो सैनिक हवाईजहाज हाइज्याक गरेर हवाईजहाजका सबै यात्रुलाई चाँडोभन्दा चाँडो हवाईजहाजबाट बाहिर हाम नफाले सूर्यको किरणसँग ठोक्किए सबैको मृत्यु हुने बताउँछन् ।

उनीहरू भ्याम्पायर होइनन् र यो भनाइलाई प्रमाणित गर्न निर्माण टिमले केही परिकल्पना दिएका छन्, जुन त्यति वास्तविक नलाग्न सक्छ । यद्यपि कलाकारको चयन भने निर्माण टिमले राम्रो गरेका छन् । सिरिजका हरेक सिनले यसलाई एक थ्रिलिङ जनरामा भने पक्कै राख्छ । यसका सबै सिजन नेटफ्लिक्समा उपलब्ध छन् । 

फौदा

 

इजरायली टेलिभिजन सिरिज ‘फौदा’ निर्माताहरू फौजमा हुँदाको आफ्नै अनुभवमा आधारित छ । यद्यपि सिरिजका प्रायः फौदाहरू भने स्टाइलिस र केही बढी नै सुगठित देखिन्छन् । 
तर, यसले दर्शकलाई यसको विषय अझै लोभी भएर हेर्न निरुत्साहित गरेको छैन । यसका सबै सिजन नेटफ्लिक्समा उपलब्ध छ ।

एलिट

 

यो स्पेनिस सिरिज केवल एक शुद्ध दोषी खुसी मात्र होइन, तर अमेरिकन सिरिज ‘गसिप गर्ल’ को अपग्रेड भर्सन हो । यसमा पनि हाई स्कुल विषयलाई छुन खोजिएको छ, तर विशेष रुपमा यौन विषयवस्तु र वर्ग द्वन्द्वलाई प्रस्तुत गर्न खोजिएको छ ।

यसमा भएका थ्रिलर तत्त्वले यसलाई सबैभन्दा रमाइलो बनाउँछ । यसका तीनवटा सिजन नेटफ्लिक्समा उपलब्ध छन् । साथै पहिलो, चौथो र पाँचौं सिजन पनि नवीकरण गरिसकेको छ ।
(इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय