site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘कोभिड–१९’ को त्रास र पीडाबीच ‘गाईजात्रा विशेष कार्यक्रम’
Sarbottam CementSarbottam Cement

काठमाडौं । आम नागरिक कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएको अवस्थामा डिजिटल माध्यमबाट ‘गाईजात्रा विशेष कार्यक्रम’हुने भएको छ । 

उत्प्रेरणा र हौसलाको सांस्कृतिक पर्व गाईजात्राको अवसर पारेर ब्राण्ड वर्थ प्रालिले आयोजना गर्न लागेको यो कार्यक्रम विभिन्न टेलिभिजन तथा डिजिटल प्लेटफर्महरु मार्फत प्रसारण हुंदैछ । साउन १५ गतेदेखी सरकारले अपनाएको मापदण्ड भित्र रहेर डिजिटल माध्यमबाट मनोरञ्जन प्रदान गर्न लागिएको आयोजक ब्राण्डवर्थ प्रालिका प्रमुख कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

विश्व नै कोरोनाभाइरसको संक्रमणबाट प्रभावित भएको अवस्थामा आम मानिसमा देखिएको मनोसामाजिक असर न्यूनीकरणमा मद्धत पुर्याउने मनोबैज्ञानिक थेरापीको रुपमा यो कार्यक्रम प्रत्येक नेपालीको घरघरमै पुग्ने गरी अनलाइन माध्यम रोजिएको गजुरेलको भनाइ छ । 

कलाकार मनोज गजुरेलका बिभिन्न प्रश्तुतीमध्ये विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससको नक्कलकोे टिजर सार्वजनिक भइसकेको छ । मनोज गजुरेल भन्छन् “यो बेलाजोसँग जे विज्ञता छ, उसले त्यही धर्म निर्वाह गर्ने हो ।  यसमा हामीले महामारीबाट अन्योलग्रस्त र त्रसित मनहरुलाई हौसला र उत्पेरित गर्ने प्रयास गरेका हौं ।”  कार्यक्रममा शैलेन्द्र सिंखडा, यमन श्रेष्ठ, पशुपती शर्मा, चट्याङ मास्टर, अर्जुन पराजुली,  लक्ष्मण गाम्नागे, सिताराम कट्टेल, कुञ्जना घिमिरे, राजा राजेन्द्रको पनि प्रस्तुती रहनेछ ।

Global Ime bank

यस्तै कमेडी च्याम्पियन हिमेश पन्त, सुमन कोइराला, खड्गबहादुर पुन, मेक्सम गौंडेल, सुमन कार्की लगायतको प्रस्तुती रहने छ । 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय