site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अमिताभ र अभिषेक बच्चनमा देखियो कोरोना, परिवारका सदस्यको पनि जाँच हुँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ । बीबीसीका अनुसार कोरोना पोजेटिभ देखिएपछि अमिताभ बच्चनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ अभिषेक पनि अस्पताल भर्ना गरिएका छन् ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले दिएको जानकारीअनुसार अमिताभ र अभिषेक बच्चनको कोरोना पोजेटिभ देखिएको छ भने उनका परिवार जया बच्चन र ऐश्वर्या राय बच्चनको पनि कोरोना टेष्ट गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुको आजमात्रै रिपोर्ट आउनेछ । बलिउडका अभिनेता अमिताभ आफैंले सामाजिक सञ्जालमा लेखेर आफूलाई कोरोना देखिएको जानकारी गराएका छन् ।

सामाजिक सञ्जाल ट्विटमार्फत अमिताभ बच्चनले भनेका छन्, “कोरोना परीक्षणमा मलाई पोजेटिभ देखिएको छ । मलाई अस्पताल भर्ना गरिएको छ । अस्पतालले यसबारेमा जानकारी गराइसकेको छ । परिवार र कर्मचारीलाई पनि कोरोना परीक्षण गरिएको छ । उनीहरुको कोरोना रिपोर्ट आउन बाँकी छ । विगत १० दिनदेखि मेरो सम्पर्कमा रहेका सबैलाई कोरोना जाँच गराउन आग्रह गर्दछु ।”  

Global Ime bank

अमिताभपछि उनका छोरा अभिषेकले पनि सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको बताएका थिए ।

उनले ट्विटरमा आफू र बुवा दुवैजनाले कोरोना चेक गराउँदा पोजेटिभ आएको बताएका छन् । “आम म र मेरो बुवा दुवैजनाको कोरोना पोजेटिभ आएको छ । हामी दुईजनालाई कोरोनाका सामान्य लक्षण थियो । कोरोना देखिएपछि हामी अस्पतालमा भर्ना भएका छौं । हामीले प्रशासनलाई पनि यसबारेमा जानकारी गराएका छौं । हाम्रो परिवार र कर्मचारी सबैको कोरोना परीक्षण गरिँदैछ । यहाँहरु शान्त र स्थिर रहनू तर नडराउनू ।”

७७ वर्षका अमिताभ बच्चन ५० वर्षदेखि बलिउडमा सक्रिय छन् । उनले २ सय बढी फिल्ममा अभिनय गरेका छन् । उनका छोरा अभिषेक अहिलेसम्म करिब ५० फिल्ममा अभिनय गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  ०७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय