site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कोरोना भाइरस प्रकोपको उद्गमस्थलमा
Sarbottam CementSarbottam Cement

– स्यु यानछिङ


जनवरी २३, २०२०

त्यो दिन रातिदुई बजेतिर म आफ्नो कम्प्युटर बन्द गरेर अब सुत्नुपर्यो भनेर सोच्दै थिएँ । मैले अचानक कम्प्युटरमा मेरो फोनबाट आएको एक सन्देश देखेँ । यो देखेर मेरो निन्द्रा सबै हरायो । सन्देशमा लेखिएको थियो –

Prabhu Bank
Agni Group
NIC Asia

‘बस, सब–वे, डुङ्गालगायत सबै प्रकारका सार्वजनिक यातायात र लामो दूरीमा चल्ने यात्रुसेवाका साधनहरू जनवरी २३ तारिखको बिहान १० बजेदेखि बन्द हुनेछन् । यहाँका बासिन्दालाई अत्यावश्यक कारणले बाहेक अन्य अवस्थामा उहान सहर छाड्न निषेध गरिएको छ । यहाँबाट बाहिर जाने सबै रेलसेवा तथा विमानसेवा आदि बन्द हुनेछन् । यी सेवाहरू दोस्रोे सूचना नभएसम्मका लागि बन्द रहनेछन् ।’

मैले यो छोटो सूचना पनि दोहर्याई दोहर्याई तीन पटकसम्म पढेँ । अलमल्ल र दुःखित हुँदै मैले मेरी पत्नीलाई पनि ब्युँझाएँ र यो सन्देश सुनाएँ । यो खबरले उसको पनि वाक्य नै हरायो । 

Global Ime bank

हामीलाई थाहा थियो कि यसरी एकाएक यत्रो एक करोडभन्दा बढी जनसङ्ख्या भएको उहान सहर बन्द गर्ने निर्णय लिइनुका पछाडि अवश्य पनि कुनै ठूलो कारण हुनुपर्छ । सन् १९०८ सालमा चीनमा जब भयानक बाढी आयो, त्यसबेला सरकारले उहानवासीलाई यस बाढीबाट बचाउन बाढी नै फर्काएर अर्कातर्पm लगाएको थियो । यसबेला हामी उहानवासीले विषयको गम्भीरताबारे पहिलोपटक महसुस गरेका थियौँ । 
हामीलाई लागेको थियो कि यत्रो ठूलो एक करोडभन्दा बढी जनसङ्ख्या भएको सहरमा दुई–चार दर्जन घटनाको कुनै महत्त्व रहने छैन । फेरि स्थानीय खबरले यो महामारी “रोकथाम गर्न सकिने प्रकारको छ र यो मानिसबाट मानिसमा सर्दैन” भनेकाले पनि हामी ढुक्क थियौँ । त्यसैले यसप्रति यति धेरै आत्तिइहालेको र यसतर्पm पूरै ध्यान दिइएको थिएन । यसो त यो महामारीको उद्गम स्थल मानिएको ख्हवानान सी फुड होलसेल बजार मेरो घरबाट नजिकै केवल ६ किलोमिटर वा मोटरमा ६ मिनेटको बाटो पर नै पर्थ्यो । तर पनि सबै कुरा सामान्य नै चलिरहेको थियो । हामी पहिलेको वर्षमा जस्तै सुपर मार्केटमा गएर किनमेल गर्दै थियौँ, हाम्रा बालबच्चालाई चोङ्सान पार्कमा खेलाउन लाँदै थियौँ अनि आपूm पनि त्यहाँ आनन्द मनाउँदै थियौँ । बल्ल यो सूचना आएपछि नै थाहा भयो कि यो भाइरसको प्रकोप उहानका लागि र समस्त देशका लागि समेत अति खतरनाक रहेछ, त्यसैले गर्दा यो भाइरसलाई अन्त फैलन नदिन विज्ञको सुझावअनुसार यो सहरलाई एक मिनेट पनि ढिलो नगरीकन बन्द गर्ने निर्णय लिनु अत्यावश्यक भएको रहेछ । 

त्यो रात हामीले ननिदाईकन नै बितायौँ । समाचार कम्प्युटरमा खोज्दै मैले अब यसपछि के होला र भोलि बिहानदेखि हामीले के गर्ने होला भन्ने कुरा सोच्न थालें । विच्याटमा एउटा स्टाटस भाइरल भइरहेको थियो । यसमा लेखेको थियो कि “देशभरिका मानिस सोच्छन् कि उहानलाई निमोनियाँले भेटिसक्यो, तर उहानवासी आफैं भने सोच्छन् कि हानखउ (उहान सहरको राजधानी) लाई निमोनियाँले...” इत्यादि । इन्टरनेटभरि भाइरल भइरहेको यस सन्देशले हाम्रो घर एकदमै खतरनाक स्थानमा रहेछ भन्ने देखाउँथ्यो । यो वास्तवमा हानखउको मध्यभागमै थियो । म विचरो के गर्न सक्थेँ र मेरो परिवारको सुरक्षाको चिन्ता गर्नुबाहेक ।

म बिहान ६ बजे उठेँ र हाम्रो भान्सा घर र रेफ्रिजेरेटरमा के–के छ र हामीलाई के–के कुरा चाहिन्छ भनेर हेरेँ । वास्तवमा यसरी सहर नै सबै बन्द हुनु भनेको चानचुने कुरा थिएन र यो चाँडै खुल्ने सम्भावना पनि थिएन । यसैले केही खाना र अन्य आवश्यक कुरा ल्याएर राखिराख्नु नै बुद्धिमानी हुन्थ्यो । मैले घरमा के–के कुरा चाहिन्छ भनेर मेरो फोनमा टिपेँ र एउटा मास्क लगाएर बजारमा सामान किन्न निस्किएँ ।

सहरमा सबै सार्वजनिक यातायातका साधन बन्द हुन अभैm केही घण्टा बाँकी नै थियो । तर अहिले नै सहरमा चल्ने गाडीको चाप सधैंको तुलनामा एकदमै न्यून देखिन्थ्यो । सडकमा मानिसहरू यताउता यही बन्दको खबरका कुरा गरिरहेका थिए । यिनीहरू कोही शान्त थिए, कोही निकै उत्तेजित । मजाँदै गर्दा मेरो छेउमा एउटा बस रोकियो । हातमा सरसामान बोकेका, मास्क लगाएका चिन्तित देखिने थुप्रै मानिसहरू बसतर्पm हेरिरहेका थिए । कोही कोही फोनमा चिन्तित मुद्रामा गफ गरिरहेका थिए । यिनीहरू सबै आफ्नो घर भएको सहर वा बस्तीतर्पm यथाशीघ्र फर्कन चाहन्थे । मैले यिनीहरूको मनको मर्म बुझेँ । वर्ष दिनको कडा मिहिनेतपछि बल्ल आएको यत्रो वसन्त महोत्सवको चाडमा आफ्नो मातृभूमि, आफ्नो घर फर्कन र परिवारसँग रमाइलो मनाउन को पो चाहँदैनथ्यो होला र ? तर अफसोच ! मैले अन्दाज गरेँ, यस सङ्कटको अन्तिम घडीमा तिनले सायदै मात्र उहान छाड्न भ्याउने छन् !

मैले खरिद गर्ने सामानको सूचीमा मास्क र असङ्क्रामक सामग्री प्रमुख महत्त्वमा थिए । औषधि स्टोरमा यी सामान बेच्ने छुट्टै शाखा खोलिएको थियो । यिनको बेग्लै मूल्य सूची थियो– एन ९५ माक्स हरेकको २९ युआन, स्यानिटाइजर एक बोतलको ४६ युआन ।

ती सामान वृद्ध मानिसहरूको रोजाइका थिएनन्, किनभने कि त यी एकदमै महँगा थिए कि त यी विल्कुलै नयाँ थिए । असङ्क्रामक झोल र एकपटक प्रयोग गरेर फाल्ने प्रकारका मास्कहरू नै वास्तवमा उनीहरूका सही रोजाइ थिए । तिनीहरू केही नै मात्र बाँकी थिए तर केही मिनेटभित्रै किन्ने मानिस झुम्मिएर सकिइहाले । मैले पनि चाँडो–चाँडो केही मास्क र केही असङ्क्रामक झोल आदि किन्न भ्याइहालेँ । यी सबै सामानको मैले २०० युआन तिर्नुपर्यो । 

यसपछि म खाद्य बजारमा गएँ । तर त्यहाँ लगभग बजारै बन्द जस्तै थियो । केवल केही पसल मात्र खुला थिए । व्यापारीहरूले मलाई बताएअनुसार यो बजार अब दिउँसो १२ बजेदेखि सङ्क्रमणबाट निर्मलीकरण गर्न बन्द हुनेछ र अरू आठ दिनसम्म खुल्ने छैन । मैले केही मुला, प्याज, बन्दागोभी, आलु, लसुनका टुसा लिएँ । 

वास्तवमा यी सबै वस्तुहरू भण्डारण गर्न सजिलो पनि थियो । यसपछि मैले केही लामो लामो त्यान्द्रा पारेको सुँगुरको मासु र किमा पारेको मासु किने । यी कुराको मूल्य एकदमै बढिरहेको थियो तर अहिलेसम्म जेनतेन किन्न सकिने नै थियो । 

सामान्यतः उहानमा वसन्त चाडको उत्सवमा केही दिन खाद्य बजार बन्द हुन्थ्यो अघिल्ला वर्षहरूमा । त्यसैले मानिसहरूले उक्त चाडका लागि पनि यो चाड आउनुभन्दा केही दिनअगावै आफ्नो पारिवारिक जमघट तथा नातागोता र मित्रहरूसँग रमाइलो गर्न आवश्यक पर्ने प्रशस्त खाद्य सामग्री किनेर राखिसकेका हुन्थे । धेरै परिवारले ससेज, मासुको सुकुटी, सेकाएको सुख्खा माछा, सुरक्षित मासु आदि कुरा पहिले नै बनाएर राखिसकेका हुन्थे । तर यो वर्ष गत वर्षको तुलनामा सुँगुरको मासुको भाउ अत्याधिक बढेकाले यस्ता कुराको सञ्चिति घरहरूमा पहिलेका वर्षहरूमा भन्दा कम थियो । यीलगायत मैले केही सुक्खा नुडल्स, फलपूmल र स्न्याक्स आदि पनि किनेँ । यति सामानले हामीलाई साता दिन अथवा मितव्ययी रूपमा उपभोग गरे १० दिनसम्म पनि पुग्न सक्थ्यो । 

केही पछाडि मलाई रेस्टुरेन्टबाट फोन आयो । फोन आएको कारण हामीले नयाँ वर्ष मनाउन गरेको रिजर्भेसन उनीहरूले विषम् परिस्थितिका कारण रद्द गरेको जनाउ दिनु थियो । उनीहरूले मलाई यसका लागि आपूm क्षमाप्रार्थी भएको बताउँदै कि त पछिको लागि रिजर्भेसन सार्न कि त पैसा फिर्ता लिन आउन अनुरोध गरे । यसपछि यो कुराको जनाउ दिन मैले आफ्ना नातेदारलाई फोन गरेँ । सबैले सहमति दिए । वास्तवमा, जीवन र स्वास्थ्यभन्दा ठूलो अरू के कुरा छ र ?

उहानमा लकडाउन गरिएको दुई घण्टापछि अर्थात् दिनको १२ बजे दोस्रो चक्रपथमा केवल केही निजी मोटर–कार मात्र गुडिरहेका देखिन्थे । अहिले सदाभन्दा आधा नै ट्राफिक कम भइसकेका थिए । आकाश अझ धेरै धुम्म भइरहेको थियो । दोपहरको सुरुमै वर्षा हुनथाल्यो । यसले गर्दा अझ चिसो र उजाड भयो । 

(मकालु प्रकाशन गृहले हालै नेपाली भाषामा प्रकाशनमा ल्याएको ‘साहस र दृढ संकल्पका कथाहरू : कोरोना भाइरसले बन्दी बनेको उहान’ पुस्तकको पुस्तक अंश ।) 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय