site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बाबु त्रिपाठीका दुई गजल 
Sarbottam CementSarbottam Cement

गजल – १

दुइटा जति किस्सा सुनाउन मन छ सुन्दिनुस् न
कतारमा बेखर्ची मेरो पनि मदन छ सुन्दिनुस् न ।

घाटमा लाने कि अस्पताल लाने दोधारमा परियो
धड्कन छैन भन्नुहुन्छ धड्कन छ सुन्दिनुस् न ।

Prabhu Bank
Agni Group
NIC Asia

दाइजो नदिँदाखेरि बिहे नहुने भो बहिनीको
गरिबलाई यो सामाजिक बन्धन छ सुन्दिनुस् न ।

दिन सक्नुहुन्छ भने दिनुस् मृत्यु मागिरहेका छन्
यी देशवासीको अलिकति गनगन छ सुन्दिनुस् न ।

Global Ime bank

० ० ०
 

गजल – २

कोही देशजस्तो कोही देशको खबरजस्तो
कोही नचलेको थकाली भान्साघरजस्तो ।

बोल्नेहरूको मुखमा यहाँ ताला लगाइन्छ
बस्न पनि मन छैन बनेर पत्थरजस्तो ।


गाजल लगाएको आँखा लिएर आइछौ
लाग्यो आरनबाट निस्किएको खन्जरजस्तो ।

यी मान्छेहरू हुन् जो दुःख पाइयो भन्छन् 
जिन्दगी छ र त आइरन्छ त्यो अफरजस्तो ।

पर्खिनेहरूको लामो सूचीमा गएर हेर्नू 
एउटा बाबु भेटिनेछ, अर्काे बगरजस्तो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  ०५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय