site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
महानायकमा खिचलो !
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजेश हमाल महानायक हुन् कि होइनन् ? यो बहस अहिले नेपाली चलचित्र क्षेत्रको चौघेरा पार गरेर बाहिर निस्किएको छ । अक्सर नेपाली चलचित्र क्षेत्रका विवाद यो क्षेत्रभित्रै सीमित रहन्छन् । तर राजेश हमाल महानायक हुन् कि होइनन् भनेर सिर्जना भएको विवादको बहस चलचित्र क्षेत्रबाहिर पनि भइरहेको छ । 

कोही राजेशलाई महानायक नै हुन् भनिरहेका छन् भने केही होइनन् भन्ने तर्क गरिरहेका छन् । समर्थन र विरोधमा सामाजिक सञ्जालमा बहस भइरहेको छ । 

यो बहस सुरु भएको थियो प्रकाश सुवेदीको टेलिभिजन टक सो ‘रजतपट अंकल’ बाट । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले ‘छताछुल्ल’ फिल्म खेल्दैमा कोही महानायक नहुने ‘रजतपट अंकल’ मा बताइन् । धेरै फिल्म खेल्दैमा महानायक नहुने भन्ने उनको आशय थियो । व्यक्ति विशेषले महानायक बनाइदिएको उनले बताएकी थिइन् । राजेश हमालले थुप्रै चलचित्रमा काम गरेर आफ्नो छवि उँचो बनाए पनि समग्र चलचित्र उद्योगलाई भने हाँक्न नसकेको उनले टिप्पणी गरिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्ला केही वर्षयता राजेशले चलचित्र क्षेत्रमा काम नगरेको र कोरोनाको वर्तमान महामारीमा उनले अभावमा परेका चलचित्र प्राविधिकलाई सहयोग नगरेको भन्दै असन्तुष्टि जनाएकी थिइन् । यद्यपि उनले राजेश हमाल नेपाली चलचित्र क्षेत्रको बलियो खम्बा भएको बताएकी थिइन् ।

दीपाश्रीका यी अभिव्यक्तिसँगै सुरु भयो सामाजिक सञ्जालमा राजेश महानायक हुन् कि होइनन् भन्ने बहस । धेरैले राजेश हमाल नेपाली चलचित्र क्षेत्रका महानायक भएको भन्दै दीपाश्री निरौलाको चर्को आलोचना भयो । राजेश हमालका फ्यानहरूले दीपाश्रीको आलोचना मात्रै गरेनन् धेरैले अपशब्द नै प्रयोग गरेर गाली गरे । 

Global Ime bank

गालीको वर्षा लागेपछि दीपाश्रीले सामाजिक सञ्जालमार्फत माफी नै माग्नुपर्यो । आफूले शब्द चयनमा गल्ती गरेको स्विकारर्दै आगामी दिनमा शब्द चयन र अन्तर्वार्ता दिन जाँदा पर्याप्त तयारी गरेर मात्रै जाने पनि उनले बताइन् । उनले समाजले अपेक्षा गरेका व्यक्तिहरूबाट सहयोग किन भएन भनेर गुनासो गर्न पाउनुपर्ने पनि बताइन् । भगवानसँग त गुनासो गर्न पाइन्छ भने मान्छेलाई प्रश्न तथा गुनासो गर्न पाउनुपर्ने उनले तर्क गरिन् । 

उनले आफूलाई अपशब्द प्रयोग गर्दै गाली गर्नेहरूलाई के मलाई जसरी नै आफ्ना दिदी–बहिनीलाई पनि गाली गर्न सक्नुहुन्छ भन्दै तुच्छ शब्द प्रयोग नगर्न आग्रह गरिन् । तर दीपाश्रीले माफी मागेर आफ्नो कुरा राखेपछि पनि उनलाई गाली गर्ने क्रम रोकिएन । 

पर्याप्त तयारी नगरी अन्तर्वार्ता दिने, अन्तर्वार्ता भन्नेबित्तिकै हाम्फालेर गइहाल्ने, को राम्रो र को खराब पत्रकार भन्ने पनि थाहा नपाउने र टीआरपी कै लागि अन्तर्वार्ता तोडमोड गरेर अनावश्यक हेडलाइन राख्ने पत्रकारहरूकै नजिक रहनु कलाकारको गल्ती भएको तर सबै सामान्य ज्ञान कलाकारले जान्ने पर्ने अनिवार्य नभएको भन्दै पत्रकार र कलाकार दुवैको गल्ती भन्दै अर्का कलाकार दीपकराज गिरीले अभिव्यक्ति दिए । यो अभिव्यक्तिसँगै दीपकराजले पनि चर्को गाली सामना गर्नुपर्यो । उनलाई दीपाश्रीको पक्ष लिएको भन्दै राजेशका समर्थकले आलोचना गरिरहेका छन् ।

यता राजेशले कुनै पनि कालखण्डमा काम गर्ने हरेक व्यक्तिको योगदान हुने भन्दै योगदानका आधारमा हरेक व्यक्तिको कदर हुनुपर्ने बताएका छन् । विषयवस्तुको गहिराइमा नपुगी बोल्दा फितलो अभिव्यक्ति आएको भन्दै राजेशले विगतलाई बिर्सिए त्यो व्यक्ति स्वयंका लागि प्रत्युत्पादक हुने बताए । 

राजेश महानायक हुन् कि होइनन् ? यो विवाद जसको कार्यक्रमबाट सुरु भयो उसैले राजेशलाई नेपाली चलचित्रका महानायक भनेर उद्घोष गरेका थिए । प्रकाशले कान्तिपुर टेलिभिजनमा कार्यक्रम ‘रजतपट’ सञ्चालन गर्दा उक्त कार्यक्रम प्रशारणको ५० भाग पुगेको अवसरमा राजेशलाई नेपाली चलचित्रको महानायक भनेर भनेका थिए । त्यसयता धेरैले उनलाई महानायक भन्न र लेख्न थालेका थिए । 

समकालीनहरू पलायन हुँदा पनि वा ब्रेक लिँदा पनि राजेशले भने नेपाली चलचित्रलाई नछाडेको भन्दै उनी महानायक भन्नयोग्य व्यक्ति भएको केहीले बताउँदै आएका छन् भने केही भने कोही व्यक्ति विशेषले भनिदिएकै भरमा महानायक भन्न नहुने तर्क गर्दै आएका छन् । पछिल्लो तर्क गर्नेहरू राजेशले चलचित्रको संख्या मात्रै बढाउने काम गरेको तर गुणस्तरीय चलचित्रका लागि पहल नगरेको टिप्पणी गर्दै आएका छन् । 

यता राजेश भने आफूले चलचित्रमा काम सुरु गर्दा पहिलो चलचित्र गरे दोस्रो चलचित्र बन्छ कि बन्दैन भन्ने अन्योल रहेको भन्दै गुणस्तरीय छान्नेभन्दा पनि सकेसम्म धेरै चलचित्र बन्ने वातावरण बनाएर यो क्षेत्रलाई कसरी विस्तार गर्ने भन्ने सोचले काम गरेको बतााउँछन् । केही समयअगाडि बाह्रखरीसँगको अन्तर्वार्तामा उनले आफूले सकेसम्म धेरै चलचित्रमा काम गर्दा सयौं कलाकार तथा प्राविधिकले काम पाएको भन्दै त्यसतर्फ आफूले ध्यान दिएको बताएका थिए । यद्यपि उनले बाह्रखरीसँगको अन्तर्वार्ता कै क्रममा केही चलचित्र छनोटमा भने गल्ती नै गरेको बताएका थिए । 

उनले ‘देउता’ लाई आफूले खेलेका मध्ये सबैभन्दा राम्रो चलचित्र भनेका थिए । दुई सयभन्दा धेरै चलचित्रमा अभिनय गरेका उनले एकै प्रकारको गेटअप र क्यारेक्टरमा काम गरेको, नेपाली मौलिक चलचित्र निर्माणका लागि पहल नगरको आरोप लाग्दै आएको छ । 

उनले आफूले काम गरेका पछिल्लो वर्षका चलचित्र सुरुका वर्षका जतिको पनि नभएको भन्दै अब विचार गरेर मात्रै काम गर्नुपर्ने अवस्था आएको बाह्रखरीसँग बताएका थिए । 

चलचित्र समीक्षक तथा निर्देशक मनोज पण्डित आफूसँग मिडिया र शक्ति हुँदा उपाधि दिने व्यक्तिले गोयबल्स शैलीमा महानायक भनेर प्रचार गरेको टिप्पणी गर्छन् । चलचित्र वितरकले आफ्नो व्यापारका लागि राजेशलाई सिफारिस गर्ने गरेकाले लामो समय निरन्तर दोहोरिएको पात्रलाई हरेक समय महानायक भन्न नसकिने उनी बताउँछन् । “यो शब्दावलीको खेल मात्रै हो । यो विशेषण कसले कुन उद्देश्यले दियो भन्ने कुराले पनि अर्थ राख्छ,” मनोज भन्छन्, “यदि महानायक हुन्छ भने त्यो समयअनुसार नयाँनयाँ महानायक आउँछन् । त्यो समय राजेश हमाल महानायक थिए भने अहिलेका महानायक दयाहाङ राई होलान् ।”

निरन्तर लामो समय चलचित्र क्षेत्रमा काम गरेको र धेरै चलचित्रमा अभिनय गरेकै कारण उनलाई कसैले महानायक भनेको भन्दै मनोज भन्छन्, “जब उनलाई महानायक भनियो त्यसपछि उनको डाउनफल सुरु भयो । उनको डाउनफल यसरी भयो उनले आफूलाई कसैले दिएको शब्दावलीको गरिमा बचाउनै सकेनन् ।”

चलचित्र समीक्षक तथा निर्देशक दीपेन्द्र लामा कुनै पनि चलचित्र उद्योगमा महानायक, युगनायक, सदाबहार नायक, मेगास्टारजस्ता उपाधि नहुने बताउँछन् । 

“चलचित्र समीक्षकका हिसाबले बोल्दा म यस्ता कुनै पनि उपमाको पक्षमा छैन । कुनै पनि चलचित्र उद्योगमा यस्तो हुँदा पनि हुँदैन । फिल्म राम्रो बनाउनु छैन । हाम्रो नेपाली फिल्म हेर्यो भने लाजमर्दो छन् । अनि हामीलाई नै महानायक, युगनायक, मेगास्टारको उपमा चाहिन्छ,” दीपेन्द्र भन्छन्, “उभिन सकेको छैन हावामा उड्ने कुराजस्तो हो यो । कामका हिसाबले नेपालमा महानायक उपाधि दिने जस्तो कोही छ जस्तो पनि लाग्दैन । फिल्ममा निर्वाह गरेको भूमिका नै महानायकको जस्तो हुनुपर्छ । फिल्म हेर्दा मिथुन चक्रवर्तीको कपी भेटिन्छ । त्यसैले म यस्ता उपमाको पक्षमा छैन ।” 

राजेश महानायक हुन् कि होइनन् भन्ने बहस सामाजिक सञ्जालमा भइरहेका धेरै कलाकारहरू उनको पक्षमा उभिएका छन् । सामाजिक सञ्जाल तथा अन्तर्वार्ताहरूमा नायक विराज भट्ट, रमेश उप्रेती, निर्माता युवराज लामा, द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलगायतले उनी अढाइ दशक नेपाली चलचित्र क्षेत्रको नेतृत्व गरेको व्यक्ति भन्दै राजेशलाई दर्शकले महानायकका रूपमा स्वीकार गरिसकेको बताएका छन् । 

करिब चार वर्षयता राजेश हमालले कुनै पनि चलचित्रमा अभिनय गरेका छैनन् । तर पनि उनको लोकप्रियता कम भएको छैन । पहिलोपटक नेपाल भित्रिएको फ्रेन्चाइज ‘सो’ ‘को बन्छ करोडपति’ उनैले होस्ट गरेका थिए । देश तथा विदेशमा हुने मेला–महोत्सवमा नायकहरूलाई कमै निम्तो आउँछ । तर राजेश हमाल मेला महोत्सवमा निकै धेरै बोलाइने र रुचाइने कलाकार हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  ११:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय