site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हलिउड अभिनेत्री नाया रिवेरा बेपत्ता, मृत्यु भइसकेको आशंका
Sarbottam CementSarbottam Cement

एजेन्सी । चर्चित हलिउड सिरिज ‘ग्रली’ की अभिनेत्री नाया रिभेरा दक्षिणी क्यालिफोर्नियाको तालमा बेपत्ता भएपछि उनको मृत्यु भएको अनुमान गरिएको छ । 

उनको मृत्युको आशंका गर्दै भेन्चुरा काउन्टी सिरिफ अफिस बताउँछ, “दुर्घटना भएपछि उनी तालमा डुबेकी छिन् कि भन्‍ने अनुमान लगाइरहेका छौं ।” अभिनेत्रीको खोजी र उद्धार प्रयास अब रिकभरी अपरेसनमा सरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

काउन्टीका डायरले भने, “लक्ष्य अझै पनि रिवेरालाई फर्काउने नै छ ।” ३३ वर्षीया रिवेरा बुधबार साँझ पेरु तालबाट हराएकी हुन् । उनी आफ्नी चार वर्षीय छोराका साथ त्यहाँ गएकी थिइन् । 

रिवेराले भाडामा लिएर गएको पोन्टोन डुंगाका कर्मचारीहरुले डुंगा भने पेरुको उत्तरको छेउमा भेटाएका थिए । कर्मचारीले डुंगा भेटाउँदा उनका चार वर्षीय छोरा एक्लै थिए । तर रिवेरा भने भेटिइनन् र एउटा लाइफज्याकेट मात्रै भेटाएको रेस्क्यु टिमले जानकारी दिएको छ ।

Global Ime bank

उनको खोजी बुधबार राति १० बजेसम्म जारी थियो । यस्तै बिहीबार दिनभर पनि खोजी जारी रहेको रेस्क्यु टिमले जनाएको छ । साथै आवश्यक परे उनको खोजी जारी राख्‍ने समाचारमा जनाइएको छ ।

रिवेराले २००९ देखि ६ वर्षसम्म फक्स च्यानलबाट प्रसारण हुने म्युजिकल कमेडी ड्रामा सान्तना लोपेजको भूमिका निभाएकी थिइन् ।
 
यस्तै उनले सीबीएस सिटकमको‘द रोयल फ्यामिली’ र कमेडी चलचित्र ‘द मास्टर अफ डिस्वाइज’ मा पनि अभिनय गरेकी थिइन् । (सीएनएन)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय