site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा कोरोना निको हुने दुई सय नाघे
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा कोरोना रोग निको भएर दुई सय १६ जना घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमण देखिएर उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुन्‍डी तथा पालिकाले निर्माण गरेका आइसोलेसन सेन्‍टरमा भर्ना भएका ५९० मध्ये असार २१ गते आइतबारसम्म २१६ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका हुन् ।

कोरोना विशेष अस्पताल बेलझुन्‍डीबाट ११७ जना र बाँकी गाउँपालिकाले निर्माण गरेका आइसोलेसन सेन्टरबाट उनीहरु डिस्चार्ज भएका हुन् । कोरोना भाइरस जितेर घर फर्कने १८५ पुरुष र ३१ महिला रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रका अनुसार कोरोना जितेर घर फर्कने सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाका ९९ जना छन् । त्यसैगरी बंगलाचुली गाउँपालिकाका ६९, राप्ती गाउँपालिकाका १४, लमही नगरपालिकाका ११, तुलसीपुर उपमहानगरपालिकाका ९, गढवा गाउँपालिकाका १०, बबई गाउँपालिकाका तीन र राजपुर गाउँपालिकाका एकजना रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका विनायक पौडेलले जानकारी दिए ।

दाङमा हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमित घोराही उपमहानगरपालिकामा २५८ जना छन् । उनीहरुमध्ये २२१ पुरुष र ३७ महिला छन् । यसैगरी तुलसीपुर उपमहानगरपालिकामा ४० पुरुष र ७ महिला गरी ४७ जना, लमहीमा १४ पुरुष र ७  महिला गरी २१ जना, गढवामा २९ पुरुष र ६ महिला गरी ३५ जना, राजपुरमा ९ पुरुष र सात महिला गरी १६ जना कोरोना संक्रमित रहेको पौडेलले जानकारी दिए ।

Global Ime bank

पौडेलका अनुसार बंगलाचुलीमा १३६ पुरुष र २० महिला गरी १५६ जना, राप्ती गाउँपालिकामा १९ पुरुष र आठ महिला गरी २७ जना, बबई गाउँपालिकामा १४ पुरुष र दंगीशरणमा एक पुरुष र दुई महिला गरी तीनजना र शान्तिनगर गाउँपालिकामा १० पुरुष र तीन महिला गरी १३ जना कोरोना संक्रमित छन् ।

दाङमा ३७३ जना कोरोना संक्रमित उपचाररत छन् । उनीहरुमध्ये घोराहीका १५८ जना, तुलसीपुरका ३८ जना, लमहीका १० जना, गढवाका २५ जना, राजपुरका १५ जना, राप्तीका १३ जना, बंगलाचुलीका ८७, दंगीशरणका ३, बबई गाउँपालिकाका ११ र शान्तिनगरका १३ जना कोरोना संक्रमित उपचारमा छन् । उपचाररत ६५ महिला र ३०८ पुरुष रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !