site stats
बाह्रखरी :: Baahrakhari
देश
सडक पिचको माग गर्दै आन्दोलनमा उत्रिए हरिसिद्धिका महिला (तस्बिरसहित)

काठमाडौं । ललितपुर हरिसिद्धिका महिलाहरू सडक पिच गर्नुपर्ने मागसहित आन्दोलित भएका छन् । 

‘गुमज महिला समूह’को आह्वानमा हरिसिद्धिका विभिन्न महिला समूहहरूले आज (सोमबार) गुमज चोकमा बाटो अवरुद्ध गरी नाराबाजी गरेका छन् । उनीहरूले ‘कोरोनाले भन्दा धूलो खाएर मरिने भइयो’, ‘यो हाम्रो रहर होइन बाध्यता हो’, ‘चाँडो सडक पिच गर’ लगायत नारा लगाएका थिए । साथै आन्दोलित महिलाहरूले विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शनसमेत गरेका थिए । 

गुमज चोकबाट साइकलको आउजाउमा पनि रोक लगाइएको छ । यद्यपि एम्बुलेन्स आवागमनमा भने रोक नलगाइएको नेवाः मिसा पुच महिला समूहकी अध्यक्ष नीरा महर्जनले बाह्रखरीलाई बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“ग्राभेल हालेर पिच गर्नुपर्ने सडकमा माटो हालेर जनतालाई सास्ती दिइयो,” उनले भनिन्, “पानी पर्दा सडक हिलाम्मे हुन्छ, घाम लाग्दा धूलो उडेर बस्नै नसक्ने भएपछि हामी बाटो बन्द गर्न बाध्य भएका हौं ।”
सडक पिच नहुने बेलासम्म आन्दोलन जारी राख्ने आन्दोलित महिलाहरूको भनाइ छ । 

उसो त सरकारले बाटो बढाउन मुआब्जा कम दिएको भन्दै हरिसिद्धिका बासिन्दाले भने सडक विस्तारमा रोक लगाएका छन् । तर, भएको सडक पिच नगरेर सरकारले बेवास्ता गरेको स्थानीयको आरोप छ । उनीहरूले भनेअनुसारकै मुआब्जा सरकारले दिनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १०:२६
प्रतिक्रिया दिनुहोस्