site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 अस्करको नियम परिवर्तन, हल रिलिज नभएका चलचित्र पनि पठाउन सकिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोनाको महामारीका कारण अस्करले अवार्ड आयोजनाको केही नियममा परिवर्तन गरेको छ । महामारीका कारण रिलिज गर्ने समय सीमा तोकेर पनि रिलिज हुन नसकेका चलचित्रका लागि यो वर्ष अस्कर अवार्ड लचिलो इन्टरनेसनल फिचर फिल्म छनोट गर्ने कार्यकारी समिति बनेको छ । 

अघिल्ला वर्षहरुमा कुनै पनि फिल्म हलमा रिलिज भएर हलमा हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउनेछन् । यसका लागि सम्बन्धित चलचित्रले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट चलचित्र  रिलिज रोकिएको पत्र अस्कर कमिटीलाई बुझाउनु पर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्योसँगै यसरी रोकिएका चलचित्र हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्नेछन् । 

नेपालमा बिमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट गर्ने कार्यकारी समिति रहेको छ । समितिमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाईंं र सामीप्यराज तिमल्सेना सदस्य छन् ।

Global Ime bank

कोरोनाका कारण अस्कर अवार्ड दुई महिनापछि सरेको छ । यसअघि फेब्रुअरी महिनामा हुँदै आएको अवार्ड दुई महिना पछि सरेर अप्रिलमा पुगेको छ । अस्करको ९३ औं संस्करण आउँदो साल अप्रिल २५ का लागि तय भएको छ । 

नेपालको अस्कर कमिटीलाई पठाएको सूचना अनुसार यो साल फिल्म पठाउने समय सीमा दुई महिना पर धकेलिएको छ । अघिल्ला वर्षमा अक्टोबर अन्तिममा सम्ममा फिल्म पठाइसक्नु पर्ने थियो भने यो वर्ष डिसेम्बर ३१ सम्ममा अस्करका लागि चलचित्र पठाइसक्नु पर्ने  प्रावधान राखिएको छ । 

यो वर्ष चलचित्र ‘आमा’, ‘दोख’, ‘कठपुलती’ लगायतका चलचित्र नेपालबाट अस्कारका लागि सिफारिस हुने सम्भाना छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !