site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
राजेश हमालका फ्यानसँग दीपाश्रीले माफी मागिन् 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमाल पनि हुुनुहुन्छ र भनेर आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेकी छिन् । शब्द चयनमा भएको गल्ती महसुस गर्दै उनले राजेश हमालका दर्शक तथा सुभचिन्तकप्रति माफी मागेकी हुन् । 

केही दिन अगाडि एक टेलिभिजन कार्यक्रममा राजेश हमाललाई व्यक्ति विशेषले महानायकको ट्याग लगाइदिएको भन्दै हमालले नेपाली चलचित्र उद्योग अफ्ठ्यारोमा पर्दा सहयोग नगरेको भन्दै उनले राजेश हमाल पनि हुनुहुन्छ र भनेकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बलिउडमा चलचित्र क्षेत्र तथा जनता अफ्ठ्यारोमा पर्दा अमिताव बच्चनले अझै पनि सहयोग गरिरहेको र चलचित्र खेलिरहेको तर राजेशले सहयोग नगरेको उनले बताएकी थिइन् । दीपाश्रीले कोरोनाका कारण चलचित्र प्राविधिकहरु अफ्ठ्यारोमा पर्दा अन्य चलचित्रकर्मीहरुले सहयोग गरे पनि राजेशले सहयोग नगरेको भन्दै आफ्नो नैतिक जिम्मेवारीबाट भागेको टिप्पणी गरेकी थिइन् । 

उनले आफूले राजेश हमाललाई अपमासनित नगरेको भन्दै गुनासो मात्रै गरेको स्पष्ट पारेकी छिन् । “मैले चलचित्र क्षेत्रकों महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थितिमा एउटा अभिबाकको भूमिका निर्वाह गरेर, आफूलाई वर्षौंदेखि सहयोग गरेका प्राविधिकहरूलाई परेको पीर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले यो विषयमा बोलेको हूँ । के प्रधानमन्त्री, के महानायक, के कलाकार अथवा के भगवान सबैसँग गुनासो गर्न पाइन्छ,” दीपाश्रीले आफ्नो फेसबुक पेजमा लेखेकी छिन्, “एउटा उच्च सम्मानमा बसेको मान्छे बाट केही आशा पनि हुन्छ नै मेरो आशय त्यकि मात्रा हो ।”

Global Ime bank

उनले राजेश हमाल सुपरस्टार रहेको भन्दै उनलाई सुपरस्टार होइन भन्ने आफ्नो हैसियत थिएन, छैन र हुने पनि छैन भनेकी छिन् । राजेश हमाल नै आफ्नो पहिलो चलचित्रको नायक भएको भन्दै उनीप्रति आफ्नो सधैं सम्मान रहेको दीपाश्रीले स्पष्ट पारेकी छिन् । 

“हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो । हुनुहुन्छ र पछिसम्म रहिरहनु हुनेछ । तर उहाँले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पीडामा मलम पनि लगाउन सक्नु पर्छ नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहाँलाई भगवान नै बनाउने पक्षमा म थिइन र छैन पनि,” दीपाश्री लेख्छिन्, “तथापि मेरो अभिव्यक्तिले उहाँ सुपरस्टार नै होइन भन्ने बुझिन गएकोमा भने म हमालज्यूका सबै फ्यानसँग माफी माग्छु । र भबिष्यमा अन्तर्वार्ता दिँदा पत्रकारको आशय र उसको उद्देश्य बुझेर शब्द संयोजनमा सचेत भएर जवाब दिने प्रयास गर्नेछु ।”

उनले आफूलाई अपशब्द प्रयोग गरेर गाली नगर्न पनि आग्रह गरेकी छिन् । “महिला कलाकार हुँ । कतिपय ब्यक्तिले गर्नु भएको अत्यन्तै अशभ्य गाली, पचाउनै नस्कने आरोपहरू, सुन्न पनि हिच्किचाउनु पर्ने शब्दहरुलाई पनि सामान्य रूपमा नै लिएको छु किनकि म त कलाकार हुँ । हामीले सहनु नै पर्छ,” उनी लेख्छिन्, “एउटा प्रश्न चाहीँ उब्जिएको छ, घरमा तपाईंका दिदी बहिनीले पनि यस्तै एउटा भूल गर्दा यसै गरेर अपशब्द प्रयोग गरेर गाली गर्नुहुन्छ ?”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  ०६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !