site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कोरोना कहर : बलिउडलाई १५६५ करोडको नोक्सान
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण २०२० बलिउडका लागि धेरै नराम्रो वर्ष बन्नेमा दुई मत छैन । तीन महिनाअघिदेखि बन्द भएका हलहरू कहिले खुल्ने हो निश्चित छैन । जसका कारण बलिउड बक्स अफिसमा नराम्रो प्रभाव परेको छ ।

आज जुन १ अर्थात् यस वर्षको छैटौं महिना । भारतीय मिडियाले अघिल्लो वर्ष (२०१९) र यस वर्षको पहिलो अर्धवार्षिकमा चलचित्रको कमाइको अनुमानित तुलना गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस वर्ष कोरोना महामारीअघि रिलिज भएका चलचित्रको कमाइ
यस वर्षको सुरुमा रिलिज भएका केही चलचित्रले राम्रो कमाइ गरेको छ । अजय देवगन अभिनित चलचित्र ‘तान्हाजीः द अनसंग वारियर’ले भारु २७९.५५ करोड, ‘स्ट्रिट डान्सर थ्रीडी’ ले ६८.२८ करोड, ‘शुभ मंगल ज्यादा सावधान’ ले ६०.७८ करोड र ‘बागी ३’ ले ९३.९७ करोड बक्स अफिस कलेक्सन गरेको थियो । 

यी चारवटै चलचित्रको जम्मा बक्स अफिस कलेक्सन ७७५ करोड रह्यो । यो कलेक्सन वर्ष २०२० को पहिलो तीन महिनाको मात्रै हो । कोरोनाको कारण दोस्रो तीन महिना भने शून्य नै रह्यो ।

Global Ime bank

२०१९ मा राम्रो बक्स अफिस कलेक्सन गर्न सफल चलचित्रहरू
यस वर्षको तुलनामा २०१९ बलिउडका लागि राम्रो वर्ष रह्यो । गत वर्षको फर्स्ट हाफमा भारु. २३४० करोडको बक्स अफिस कलेक्सन भएको थियो । 

अघिल्लो वर्षको फर्स्ट हाफमा ‘उरी : द सर्जिकल स्ट्राइक’ ले २४५.३६ करोड, ‘मणिकर्णिका : द क्विन अफ झाँसी’ ले ९२.१९ करोड, ‘गली बोय’ ले १४०.२५ करोड, ‘टोटल धमाल’ ले १५४.२३ करोड, ‘लुकाछुपी’ ले ९४.७५ करोड, ‘बदला’ ले ८७.९९ करोड, ‘केसरी’ ले १५४.४१ करोड, ‘कलंक’ ले ८०.३५ करोड, ‘स्टुडेन्ट अफ द इयर’ ले ६९.११ करोड, ‘दे दे प्यार दे’ ले १०३.६४ करोड, ‘भारत’ ले २११.०७ करोड, ‘कबिर सिंह’ ले २७८.२४ करोड र ‘आर्टिकल १५’ ले ६५.४५ करोडको कमाइ गरेको थियो । 

अघिल्लो र अहिलेको फर्स्ट हाफको कमाइको तुलना
यस आधारमा वर्ष २०१९ र वर्ष २०२० को फर्स्ट हाफको बक्स अफिस कलेक्सनको तुलना गर्दा यस वर्ष बलिउड बक्स अफिसलाई भारु १५६५ करोडको घाटा भएको नवभारत टाइम्सले जनाएको छ ।

अहिलेसम्म फर्स्ट हाफको बक्स अफिस कलेक्सनका आधारमा वर्ष २०२० अघिल्लो वर्षको तुलनामा बलिउड उद्योग खस्किएको छ । तर अझैसम्म जनजीवन सामान्य बनेर हलहर कहिले खुल्छन् भन्ने अन्योल कायमै भएका कारण यस वर्ष बलिउडका लागि ठूलो घाटा हुने अनुमान गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १७, २०७७  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !