भगवतीचरण बर्मा
एकाङ्कीपनको एकान्त
कति तेजशून्य, कति क्लान्त ।
थाके–थाकेको मेरो श्वास
पवन त्रासले भरिएको अशान्त,
यस्तो लाग्छ अवरोधहरूबाट
यो अस्तित्व स्वयम् छ आक्रान्त ।
अँध्यारोमा हराए–हराए जस्तो
एकांकीपनको एक्लोपना
मेराअगाडि जेजति पनि छ
कति तेज शून्य, कति क्लान्त ।
ओर्लिरहेछ अँध्यारोको समूह
मेरो मनमा व्यथा अपार ।
आदि अन्तका सीमाहरूमा
काल अवधिको यो विस्तार
के कारण ? के काम यहाँ ?
म एक प्रश्न हुँ साकार ।
किन बन्ने ? बनेर किन नष्ट हुने ?
मेरो मनका व्यथा अपार
र, समेट्दै आफैमा सबै
ओर्लिरहेको अन्धकारका समूह ।
सयौँ सन्देह, सयौँ त्रास,
आजको साँझ छ निकै उदास ।
जे थियो आज भाँचिदै गएको
हराउँदै गएको अन्तिम श्वास
र अनिश्चित भोलिमा नै छ
मेरो आस्थाको आश ।
जीवन घिस्रिरहेको छ, बोक्दै
सयौँ सन्देह, सयाँै त्रास,
र डुब्दै गरेको चन्द्रमा
छ आज साँझ अति उदास ।
० ० ०
हेर– सोच– बुझ
हेर, सोच, बुझ, सुन, गुन र जान
यसको, उसको, सम्भव भए आफूलाई चिन
तर आफ्नो अनुहार जस्तो छ रहन देऊ,
जीवनको धारामा आफूलाई बहन देऊ
तिमी जे छौ त्यही रहनेछौ, मैले भनेको मान ।
त्यसो त तिमी चेतन छौ, तिमी प्रबुद्ध र ज्ञानी छौ
तिमी सक्षम, तिमी कर्ता, अतिशय अभिमानी छौ
तर विश्मय यति, तिमी कति सरल छौ
बाहिरबाट ठोस देखिन्छौ, भित्रबाट ‘पोले’ छौ
निर्माण भएर सकिन सक्ने, तिमी एक कहानी हौ ।
क्षणमै रोइदिन्छौ, क्षणमै हास्न थाल्छौ,
आफैंमा रमाएर तिमी आफूसँगै लड्छौ
तर यी सबै तिमीले गर्दा, मलाई शंका लाग्छ,
दर्शन, मिमांशा– यी सब फुर्सदका प्रलाप हुन्,
स्थिर हुने कोसिसमा तिमी हरेक दिन उखेलिन्छौ ।
अलिकति हड्बडी र थोरै रमाइलोमा,
चिम्टी जति खुर्सानीमा, मुठीभरि चिनीमा,
जिन्दगी तिम्रो सीमित छ, यो सत्य हो,
योभन्दा अधिक, ती सबै लोभ हो
मित्र उमेर बित्न देऊ यही ऐयासीमा ।
धोका हो प्रेम–शत्रुता, यसलाई तिमी न मान
तितो वा मीठो, रस हो तृप्तिको छान
यात्राको अन्त छैन, दिशा ज्ञान कच्चा छ
भ्रमणको मार्ग नै सीधा छ, सच्चा छ ।
जब–जब थाकेर बेरिन्छौ, तब–तब लहरा झैँ तन्किऊ ।
(शफिपुर उन्नाव, उत्तर प्रदेशमा जन्मिएका कवि बर्मा, प्रसिद्ध साहित्यकार हुन् ।)