site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजार खुलाउन गठित अध्ययन समिति नयाँ कम्पनी खुलाउने विषयमा छलफल केन्द्रित गर्दै
SkywellSkywell

काठमाडौं । अहिलेको अवस्थामा कसरी सेयर बजार खोल्ने भन्ने विषयमा अध्ययन गर्न गठित समिति पनि नयाँ कम्पनी खोल्ने विषयमा केन्द्रित भएको छ । 

धितोपत्र बोर्डले गठन गरेको अध्ययन समितिको हालसम्म दुईवटा बैठक बस्यो छ । ती दुवै बैठकमा नयाँ कम्पनी खोल्ने विषयमा छलफल केन्द्रित भएको छ । बुधबार र बिहीबार बसेको बैठकले सेयर बजारलाई पूर्ण अनलाइन बनाउन नयाँ कम्पनी खोल्ने विषयमा छलफल केन्द्रित गरेको थियो ।

छलफलमा सहभागी बोर्डका अधिकारीले नयाँ कम्पनीको आवश्यकता र त्यसको पुँजीलगायतको विषयमा आफ्नो भनाइ राखेको छलफलमा सहभागी एक समिति सदस्यले बाह्रखरीलाई बताए । पुँजीबजार खोल्ने विषयमा अध्ययन गर्न बनेको समितिमा समेत नेप्सेको अनलाइन कारोबार प्रणालीलाई स्वचालित बनाउन नयाँ कम्पनीले खोल्ने विषयमा छलफल हुनुले बोर्ड नै नयाँ कम्पनी भित्र्याउन लागिपरेको प्रस्ट हुन्छ ।

Dabur Nepal
NIC Asia

ठूला स्टक मार्केटमा क्लियरिङ हाउस छुट्टै हुने जानकारहरू बताउँछन् । यदि नयाँ क्लियरिङ हाउस खोल्ने हो भने अहिलेको सीडीएस एन्ड क्लियरिङलाई छुट्याउनुपर्ने जानकारहरू बताउँछन् । बोर्डले गठन गरेको समितिमै नयाँ कम्पनी चाहिने विषयमा छलफल भए पनि कस्तो कम्पनी भन्ने स्पष्ट नभएको उनले बताए । बाह्रखरीलाई प्राप्त जानकारीअनुसार नेप्सेको अनलाइन कारोबार प्रणालीलाई स्वचालित बनाउन बैंक इन्ट्रिग्रेसन र टीएमएसको लागि नयाँ कम्पनी भित्र्याउने तयारी भएको र त्यसका लागि बोर्डमा प्रिजेन्टेसनसमेत भइसकेको छ ।

सेयर बजारमा सधैँ चलखेल ! प्रधानमन्त्रीकै सल्लाहकारको अर्को कम्पनी घुसाउने प्रयास 

सोही कम्पनी भित्र्याउने उद्देश्यले नै अहिलेको अनलाइन कारोबार प्रणाली पूर्ण नभएको भन्ने देखाउन सरकारी तवरबाटै सेयर बजार बन्द गराएको बताइन्छ । यसका लागि प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अली तथा अर्थमन्त्रीका स्वकीय सचिव तुलसी मैनाली लागिपरेको स्रोतको दाबी छ । अस्गर अलीले सीडीएस एन्ड क्लियरिङका पूर्वकर्मचारीको सहयोगमा सिस्टम बनाएको र त्यसलाई अहिलेको अनलाइन कारोबार प्रणालीमा जोड्न लागिपरेको स्रोतको दाबी छ ।

नेप्सेको अहिलेको अनलाइन कारोबार प्रणालीको विषयमा गत असार ३ गते नेपाल धितोपत्र बोर्डले नेप्सेलाई साउन १ बाट स्वचालित बनाउन निर्देशन निर्देशन दिएको थियो । सोही दिन प्रधानमन्त्रीको सूचना प्रविधि सल्लाहकार अस्गर अलीले नेपाल धितोपत्र बोर्ड नयाँ सिस्टमको प्रिजेन्टेसनसमेत दिएका थिए ।  

अनलाइन कारोबार प्रणालीमा अहिलेको बैंक इन्ट्रिग्रेसन नै पूर्ण भएको दाबी नेप्सेले गर्दै आएको छ । यता धितोपत्र बोर्डले भने सम्पूर्ण प्रक्रिया स्वचालित नहुँदासम्म पूर्ण भन्न नमिल्ने बताउँदै आएको छ । अहिलेको अनलाइनलाई असफल बनाएर नयाँ सिस्टम ल्याउन चलेखेल गर्नेले नै अनलाइन सिस्टम पूर्ण नभएको बताउने गरेको नेप्से स्रोतको दाबी छ ।

नेप्से स्रोत भन्छ, “प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अली र अर्थमन्त्रीका स्वकीय सचिव सचिव तुलसी मैनाली नयाँ अनलाइन कारोबार प्रणालीमा नयाँ कम्पनी भित्र्याउने विषयमा आएर पटक–पटक छलफल गरिहनुभएको छ ।”

साउन १ गतेबाट स्वचालित अनलाइन प्रणाली सञ्चालन गर्न बोर्डले दिएको निर्देशनमा नेप्सेले संसारमा टी–प्लस शून्यमा सेटलमेन्ट हुने प्रविधि कहीं पनि नभएको भन्दै जवाफ पठाएको नेप्से स्रोतले जानकारी दियो ।

नेप्सेले यदि टी–प्लस शून्यमै सेटलमेन्ट गर्ने हो भने पनि त्यो पोस्ट ट्रेडिङको प्रक्रिया भएकोे जवाफ बोर्डलाई पठाएको छ । धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीमै सेटलमेन्टको काम सीडीएस एन्ड क्लियरिङ र ब्रोकरले गर्ने र त्यसमा कुनै समस्या आएमा बोर्डले ब्रोकर र सीडीएसलाई निर्देशन दिनेछ भन्ने उल्लेख भएकोले उता निर्देशन दिन भनेको नेप्से स्रोतले दाबी गरेको छ ।

यता धितोपत्र बोर्डका अध्यक्षले बैंक इन्ट्रिग्रेनका लागि नयाँ कम्पनी खोल्न अनुमति दिन सकिने यसअघि नै बाह्रखरीसँगको कुराकानीमा बताइसकेका छन् । बोर्डले गठन गरेको अध्ययन समितिको संयोजक बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेल छन् । यस्तै सदस्यहरूमा बोर्डका उप–कार्यकारी निर्देशक नवराज अधिकारी र विनयदेव आचार्य, नेप्सेबाट नीरञ्जन फुयाँल, सीडीएस एन्ड क्लियरिङबाट कञ्चन सापकोटा, ब्रोकरबाट भरत रानाभाट र लगानीकर्ताहरूका तर्फबाट नयन बास्तोला र छोटेलाल रौनियार छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro